Total Hits: 931

मिनिरल वाटरमा सेतो लेदो भेटियो

  • Posted: Monday, May 06, 2013 18:15 PM ( 12 months ago )

तेह्रथुम, बैशाख २३ - गंगा पेय जल उद्योग विराटनगरद्वारा उत्पादित मिनिरल वाटरमा लेदो भेटिएको छ ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा सोमबार एक गैर–सरकारी संस्थाद्धारा आयोजित गोष्ठीमा वितरण गरिएको विराट गंगा पेय जल (मिनिरल वाटर) मा लेदो भेटिएको हो ।

गोष्ठीमा वितरणका लागि स्थानीय बजारबाट ल्याईएको १ कार्टुन मिनिरल वाटर मध्ये २ वटा बोतलमा  सेतो लेदो भेटिएको देउराली सोसाईटीका कार्यक्रम संयोजक नरबहादुर आङ्बुङ्गले बताउनुभयो ।

लेदो भेटिएको मिनिरल वाटरको उत्पादन मिति २०१३ मार्च २४ रहेको छ । मिनिरल वाटरको उपभोग्य अवधि उत्पादन भएको ६ महिनासम्म हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Ujyaalo News Archive Man lae Man lai chuncha Entertainment Reliable Remit City Education Foundation Hamro Blood

Ujyaalo TV more

Salyan bus Accident Play

Salyan bus Accident

Join us on Facebook