जाँ लान्छ कर्मले त्यँही हो मेरो घर...

  • Posted: Monday, May 06, 2013 19:24 PM ( 2 years ago )
Total Views: 6.0 K

सूर्यकुमार क्षेत्री/उज्यालो ।

भीरमा लर्क्यो खर, जाँ लान्छ कर्मले त्यँही हो मेरो घर................

चितवनको नारायणघाटबाट काठमाडौं आउने मुल सडकको छेऊमा मादलसंगै यो गीत घन्किदै थियो । ‘मादल पसल’ लेखेको एउटा घरभित्र तयार भैसकेका केही मादल अनि, पसलको बाहिर राखिएको छालामा झिंगा भन्किरहेका छन् । टाढैसम्म गन्हाउने छालासित बिहानैदेखि गाउँदै र बजाउँदै छन् एउटा परिवार ।

मानिसका जीवनमा विभिन्न घटना तथा संयोगहरुले नयाँ-नयाँ मोड लिइरहेका हुन्छन् । तर नारायणघाट चितवनका नारायण बस्नेतको जीवन भने कला र सीपले फेरेको छ ।

बाख्रा, गोरुका छाला र कालो खरीसित खेलिरहेका नारायण बस्नेतको जिन्दगीमा धेरै उतार चढाव आएका छन् । पेट पाल्नकै लागि विदेश पुग्नु भएका बस्नेत अहिले भने स्वदेशमै मादल बनाएर बस्नु भएको छ ।

“भारतमा बसिन्थ्यो, त्यतै गाडी चलाईयो तर पनि राम्रो भएन” आफ्नो विगत सम्झँदै बस्नेत भन्नुहुन्छ, “कमाइ पनि यतै हुने सुख पनि यतै हुने ।”

भारतमा १२ वर्ष गाडी चलाएका बस्नेतले यो पेशा अंगालेको १५ वर्ष भयो । आफ्नो पुर्खाले नगरेको काम गर्दा सुरुमा केही कठीनाई भएपनि अहिले बस्नेतलाई काम गर्न निकै सजिलो छ ।

दलको काम गर्दा छालाको गन्ध आएपनि अहिले भने त्यस्तो लाग्ने नगरेको उहाँको अनुभव छ ।

यतै आएर विवाह गरेका बस्नेतको जीवन यो पेशाले राम्रैसँग परिवर्तन गरिदिएको छ । भारतमा धेरै कमाइ पनि धेरै नहुने र भएको पनि नबच्ने समस्या भएपनि अहिले त्यस्तो अवस्था छैन ।

“मैले जसलाई पनि यहि भन्ने गरेको छु, सीप कहिल्यै पनि मर्दैन’ सीप कहिल्यै पनि नमर्ने अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ "पैसा बरु सकिन्छ तर सीप कहिल्यै पनि पुरानो हुँदैन ।”

हुन त आफुले सिकेका सीप अरुलाई नसिकाउने प्रवृत्ति हाम्रोमा छ । तर उहाँले आफुले जानेका सीप अरुलाई पनि सिकाउनु भयो । उहाँले सिकाएकै भरमा सालाहरुले पनि राम्रै कमाइ गरिसकेका छन् ।

बाख्रा, पाडा र गोरुको छालासँग खेल्ने बस्नेत चितवन, नवलपरासी जिल्लाबाट ल्याइएका छालाबाट मादल बनाउनु हुन्छ ।

राम्रो आम्दानी भएपछि बस्नेत परिवार आफन्त पनि यसैतर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • मिराको सम्झनामा हरिवंश आचार्यको कविता – तिमीलाई सम्झँदा

    तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।

  • साहित्यकारले गरे पारिजातको सम्झना साहित्यकारले गरे पारिजातको सम्झना

    काठमाडौं, वैशाख ५ – साहित्यकार पारिजातको व्यक्तित्वको चर्चा गरिएको छ । पारिजात स्मृति प्रतिष्ठानले २२ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पारिजातको व्यक्तित्वको चर्चा गरिएको हो ।

  • कथा: आमा

    रमेश गिरी ‘आशा’ - ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

  • नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट नयाँ बर्षको स्वागत गर्न झमक घिमिरेको घरमा साहित्यिक जमघट

    धनकुटा, चैत ३० – नयाँ वर्षको पूर्वसन्ध्यामा धनकुटाका साहित्यकर्मीहरुले साहित्यकार झमक घिमिरेको घरमा गएर नयाँ वर्षको स्वागत गरेका छन् ।

  • राष्ट्रकवि घिमिरेलाई सम्मान

    काठमाडौं, चैत २३ – महिला गीतकार संघले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको छ । महिला गीतकार संघले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेलाई ५० हजार रुपैयाँ सहित अभिनन्दन गरेको हो ।

Join us on Facebook