जनसरोकार

ncell

किताब नपुगेको गुनासोपछि अनुगमन

काठमाडौं, बैशाख २३ - समयमै किताब नपुगेको गुनासो बढेपछि जनक शिक्षा सामग्री केन्द्रले अनुगमन सुरु गरेको छ । शैक्षिक शत्र सुरु भएसक्दा पनि किताव विद्यार्थीको हातमा नपुगेपछि केन्द्रले अनुगमन थालेको  हो ।

साझा प्रकाशन र एजेण्टबीच कमिसन विवाद नमिल्दा विद्यालयमा किताव नपुगेपछि केन्द्रले अनुगमन थालेको हो ।

निजी क्षेत्रले क्षेत्राधिकार नाघेको पाइए कारवाही हुने जनक शिक्षाले जनाएको छ ।  निजी क्षेत्रले ३२ जिल्लामा मात्रै किताब बेच्न पाइने भएपनि त्यो भन्दा बाहिर गएर किताब बेचेको गुनासो बढेको छ ।

जनक शिक्षाका प्रवन्ध संचालक अनिलकुमार झाका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लाबाट अनुगमन थालिएको छ । यो शैक्षिक शत्रका लागि झण्डै १ करोड ९५ लाख थान कितावको खाँचो छ ।

बैशाख मसान्तभित्र किताव सवै ठाउँमा पुर्‍याइने केन्द्रका प्रवन्ध संचालक झाले बताउनुभयो । पच्चिस प्रतिशत किताव छाप्न बाँकी रहेको र एक हप्ताभित्र छपाई सकिने भन्दै झाले त्यसपछि अभाव नहुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियामा ए वान कम्पनी धेरै छन् । त्यसैले नेपाल सरकारले मलेसिया पठाउनुभन्दा अगाडी नै सोच्नुपर्छ । कमाउने दाउमा व्यावसायीले यस्ता कुरा ख्याल गर्दैनन् ।

    ​विप्लव हिमाल
  • नेता जीहरुलेले त मन्त्री पद पाउनुभो । अब देश र नागरिकको लागि कहिलेदेखि काम सुरु गर्ने ? कि मन्त्री परिषद् विस्तार गर्न एक महिना लागे जस्तै काम सुरु गर्न पनि १ महिनानै पर्खिनु पर्ने पो हो कि ?

    ​सागर सेंढाई
  • सुन्नेहरुको सुझावका आधारमा उज्यालोले खेलकुद विशेष कार्यक्रम स्पोर्ट विक सुरु गरेकोमा धेरै खुशी लाग्यो ।

    ​भुपाल डाँगी
सबै हेर्नुहोस

सोसल मिडिया