समाज

ncell

बाजुरा सदरमुकाममा कर्फ्यू

प्रहरी र स्थानीयबासिन्दाबीच झडप

बाजुरा, बैशाख २४ -  निमेन्द्र शाही/उज्यालो । बाजुरा, बैशाख २४ - बाजुरा सदरमुकामा मार्तडीका सरकारी कार्यालय बन्द गराउने स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू सदरमुकाम आसपासको क्षेत्रमा वुधवार विहान ५ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि सदरमुकामा मार्तडीका सरकारी कार्यालय बन्द गराउने स्थानीयबासिन्दामाथि प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीयबासिन्दाले सरकारी कार्यालयमा आगजनी गर्न थालेका थिए । त्यसपछि कर्फ्यू लगाउनु परेको प्रशासनको भनाई छ ।

भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले साँफे मार्तडी सडकखण्डको वेलिव्रिज पुलको टेण्डर रद्ध गरेको विरोधमा बाजुराका बासिन्दाले तीन दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

मंगलवार सदरमुकामका सरकारी कार्यालय बन्द गर्ने क्रममा  शान्तिपूर्ण जुलुशमाथि प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गर्दा १३ जना घाइते भएको संघर्ष समितिका संयोजक काँग्रेस नेता पदम वडुवालले बताउनुभयो ।

प्रहरीले बढिमालिका वोर्डिङ नजिकै  अश्रु ग्याँस  फायरिङ गर्दा केही विद्यार्थी  वेहोस भएका छन् ।

घाइतेहरुको सदरकुमका मार्तडीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

१८ वर्ष पहिले  शिलान्यास गरेको साँफे मार्तडी सडक हालसम्म पनि सदरमुकाम मार्तडीसम्म नपुगेको र पुल बनाउन आह्वान भइसकेको टेण्डर समेत रद्द गरेकाले त्यसको विरोध गरिएको बाजुराका बासिन्दाको भनाई छ ।

यो प्रदर्शनमा जिल्लामा सकृय सवै राजनीतिक दलको समर्थन र सहभागिता रहेको छ ।       

पत्रकारको क्यामेरा तोडफोड

प्रहरीले हस्तक्षेप गर्दा नेपाल पत्रकार महा संघ जिल्ला शाखा बाजुराका उपाअध्यक्ष गगन एैडीको क्यामरा तोडफोड भएको छ । लाठी प्रहारबाट उहाँको शरीरमा पनि चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • देशमा राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश महिला हँुदा पनि महिलामाथि हत्या हिंसा बलात्कार जस्ता घटना भईरहेका छन् । यस्तो अवस्थामा पनि बलिया कानुन बनाउन पहल नगर्नु मुख्य कारण के होला ? महिलाले नै न्याय पाएनौं भन्छ्न देशको मुख्य पदमा अहिले महिला नै छन् ।

    ​सुशिल कुँवर
  • असम्भव भन्ने कुरा केही छैन, त्यसैले राम्रो विचारलाई आलोचना गर्नुभन्दा हातमा हात मिलाएर विकासको बाटोमा साथ दिनुपर्छ । सधैं खुट्टा तान्ने प्रवृत्तिले नै हाम्रो देशको हालत यस्तो अवस्थामा पुगेको हो ।

    ​रमा भट्ट
  • सत्य निरुपण तथा मेल मिलाप आयोगका सदस्यले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नलाई माफी नदिने भनेको छ । साँच्चै भन्ने हो भने २०६३ साल पछि कानूनी राज्यको खिल्ली निकै उडाएका छन् दल र दलका नेताले । हेरौं अब के हुन्छ ।

    सिआइभी सुरेन्द्र
सबै हेर्नुहोस

सोसल मिडिया