खयर काण्डमा ३७ जनाविरुद्ध मुद्दा

  • Posted: Tuesday, May 07, 2013 17:19 PM ( 2 years ago )
Total Views: 1.9 K

नवलपरासी, वैशाख २४ - जिल्ला वन कार्यालय नवलपरासीले रतनपुर खयर काण्डमा संलग्न ३७ जनाविरुद्ध नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

आवादीको भन्दै राष्ट्रिय वन क्षेत्रको खयर रुख अवैध रुपमा कटान गरी निकाशी गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

रतनपुर ३ का हर्खबहादुर माकिम र चुडामणी खण्डलुक मगरको आवादीको खयर भन्दै कालीगण्डकी किनारको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा कटान गरी निकाशी गर्दा गएको चैत २८ गते ईलाका प्रहरी कार्यालय गैंडाकोटले दुई ट्रक खयर बरामद गरेको थियो ।

प्रहरीले खयर बरामद गरेपछि जिल्ला वन कार्यालयका सात कर्मचारीसहित ३७ जनाविरुद्ध वन ऐन २०४९ अनुसार कारवाहीको माग गरिएको हो । कार्यालयले जनही १५ लाख ५० हजार रुपैयाँ जरिवाना र एक वर्षको कैदको माग गर्दै मुद्दा दायर गरेको अनुसन्धान अधिकृत मोहनराज काफ्ले जानकारी दिनुभयो ।

तत्कालिन निमित्त जिल्ला वन अधिकृत उपेन्द्र चौधरी, सहायक वन अधिकृत सुरेश गुप्ता ईलाका वन कार्यालय कावासोतीका सहायक वन अधिकृतद्धय बलराम खकुराल र बिष्णु न्यौपाने, मुकुन्दपुर रेञ्ज पोष्टकी सहायक वन अधिकृत भगवती बगाले, फरेष्ट बिष्णु थापा र वन रक्षक टंक गोतामे, नापी कार्यालय कावासोतीका अमिन हरि भट्ट, रतनपुर गाविसका सचिव सुर्य पराजुली गरी नौ कर्मचारी खयर काण्डमा संलग्न रहेको किटानीसहित जिल्ला वन कार्यालयले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • कविता-तिम्रो डायरीबाट टाढा हुदै

    दिब्या बज्राचार्य - तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी

  • कविता-रातो स्टिकर कविता-रातो स्टिकर

    एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर

  • कविता - भुईंचालो

    नीरु शिवाकोटी - घर पनि छैन,शहर पनि छैन त्यसैले बाच्ने अब रहर पनि छैन ।

  • टुँडिखेलमा भूकम्पका स्वरहरु टुँडिखेलमा भूकम्पका स्वरहरु

    काठमाडौं, जेठ १५ नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा टुँडिखेलको सैनिक मैदानको राहत शिविरमा जेठ १६ गते दिउसो २स् ३० बजे देशका सर्जकहरु भेला भएर बिनासकारी महा भूकम्प पछिका सिर्जना सुनाउने भएका छन् । राष्ट्रकवि माधव घिमिरे प्रमुख अतिथि रहनु हुने विशेष कवि गोष्ठीमा डेढ दर्जन कविहरुले कविता, मुक्तक, गीत, गजल आदि सुनाउने छन् ।

  • युगकवि सिद्धिचरणको सम्झना युगकवि सिद्धिचरणको सम्झना

    काठमाडौं, जेठ ९ – युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना गरिएको छ । १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर शनिबार युगकवि श्रेष्ठको सम्झना गरिएको हो ।

Join us on Facebook