समाज

ncell

४५ जना एउटै कोठामा

भूमीराज पराजुली/उज्यालो । मलेशिया -

मलेशियाको शाहआलामको सेक्सन २३ मा रहेको नाइन्टी नाइन सुपर मार्केटबाट भित्र छिर्दा एलएफ एसियामा काम गर्ने नेपालीहरुको बस्ने ठाउँ छ । बाहिरबाट हेर्दा निकै मनमोहक देखिने यो ठाउँको भित्री कथा भने अर्कै छ ।

जब एलएफ एसियामा काम गर्ने नेपालीको कोठामा पुगिन्छ । कोठा देख्दै विरक्त लाग्छ । त्यो कोठामा मानवका लागि चाहिने कुनै पनि न्यूनतम सुविधा पाइँदैन । ४५ जना नेपाली कोचिएर बसेको कोठाका कुना कुना लुगाफाटाले भरिएका छन् ।

सानो कोठमा धेरै मान्छे बस्नु परेपछि फोहोर हुने भइ नै हाल्यो । शौचालय र बाथरुमको अवस्था त काठमाडौंका सार्वजनिक शौचालयको जस्तो पनि छैन ।  एउटै कोठामा लस्करै दुई तले खाट राखिएको छ । ४५ जनाका लागि खाना पाक्ने भान्छा बनाइएको छ छेऊको एउटा कुनालाई ।

नेपालका म्यानपावर कम्पनीबाट ठगिएर मलेशिया आएकै कारण उनीहरु यहाँ बस्न बाध्य भएका हुन् ।

काठमाडौंको बिएम ओभरिसजले उनीहरुलाई मलेशियाको ग्लोबल पार्टनर एसडिएन बिएचडीलाई बेचिदियो ।

यो मलेशियन कम्पनीले उनीहरुलाई फेरी अर्को मलेशियाकै कामदार आपूर्ति गर्ने कम्पनीमार्फत रोजगारमा लगायो ।

नेपालको म्यानपावरले डाइरेक्ट कम्पनीमै पठाउँछु भनेर झुक्याउँदै आफूहरुलाई स्थानीय एजेन्टकोमा पठाएकाले दुःख पाएको र आफूहरु गठगिएको यहाँ बस्ने श्रमिकको गुनासो छ ।

‘रोजगारी त पाइयो तर अरु केही सुविधा पाइएन’ यही कोठामा बसेर नजिकैको पाउडर दुध, हर्लीक्स तथा बिभिन्न जुस बनाउने कम्पनीमा काम गर्दै आएका सिराहका हिरालाल सिंह दनुवार भन्नुहुन्छ ‘सुविधा चाहियो भनेर उजुरी समेत गर्न पाइँदैन ।’

आफूहरुले काम गर्ने कम्पनीमा राम्रो बस्ने र खाने सुविधा चाहियो भन्दा रोजगार दिने कम्पनीले तिमीहरुलाई ल्याइदिने एजेन्टलाई नै भन भन्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

स्थानीय एजेन्टले सुविधा माग्दा कामबाट हटाइदिने धम्की दिने गरेको नेपाली कामदारको गुनासो छ ।

नेपालबाट ऋण लिएर मलेशिया आएका कारण तत्काल काम छाडेर नेपाल फर्कन पनि नसकिने बताउनुहुन्छ सुनसरीको धरानका शन्तोष लामिछाने ।

यही कोठमा बस्दै आएका उहाँ भन्नुहुन्छ ‘हामीलाई कम्पनीले दिनुपर्ने केही सुविधा दिएको छैन ।’ दिनमा १२ घण्टा काम गर्दा पनि सुरक्षा र सुविधा नपाएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • देशमा राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश महिला हँुदा पनि महिलामाथि हत्या हिंसा बलात्कार जस्ता घटना भईरहेका छन् । यस्तो अवस्थामा पनि बलिया कानुन बनाउन पहल नगर्नु मुख्य कारण के होला ? महिलाले नै न्याय पाएनौं भन्छ्न देशको मुख्य पदमा अहिले महिला नै छन् ।

    ​सुशिल कुँवर
  • असम्भव भन्ने कुरा केही छैन, त्यसैले राम्रो विचारलाई आलोचना गर्नुभन्दा हातमा हात मिलाएर विकासको बाटोमा साथ दिनुपर्छ । सधैं खुट्टा तान्ने प्रवृत्तिले नै हाम्रो देशको हालत यस्तो अवस्थामा पुगेको हो ।

    ​रमा भट्ट
  • सत्य निरुपण तथा मेल मिलाप आयोगका सदस्यले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्नलाई माफी नदिने भनेको छ । साँच्चै भन्ने हो भने २०६३ साल पछि कानूनी राज्यको खिल्ली निकै उडाएका छन् दल र दलका नेताले । हेरौं अब के हुन्छ ।

    सिआइभी सुरेन्द्र
सबै हेर्नुहोस

सोसल मिडिया