MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

कृषि प्रबिधि प्रदर्शनी आजदेखि

काठमाडौ, बैशाख २५ – कृषि अनुसन्धान एवं प्रविधि प्रदर्शनी बुधबारदेखि ललितपुरको खुमलटारमा सुरु हुँदैछ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले आफ्नो वार्षिकोत्सवको अवसरमा किसान दिवसका रुपमा पहिलो पटक प्रदर्शनी गर्न लागेको हो ।

किसानहरुलाई बाली, बागवानी, पशु तथा मत्स्यका नौला प्रविधिबारे जानकारी दिने उद्देश्यले गर्न लागेको प्रदर्शनीमा २५ भन्दा बढी स्टल रहने नार्कले जनाएको छ ।

प्रदर्शनीमा कुखुरा, खरायो, माछा, नौला एवं सुधार गरिएका अन्य पशुपन्छी, अन्नबाली, तरकारी, फलफुल, मह, चिया, कफी लगायत उत्पादनको आधुनिक प्रविधि प्रदर्शन गरिनेछ ।

किसानहरुले खेती तथा पशुपालनमा भोगेका प्राविधिक समस्याका बारेमा वैज्ञानिकहरुसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् भने बिउ बिजन तथा अन्य कृषि सामाग्री पनि सुपथ मुल्यमा उपलब्ध गराइने नार्कले जनाएको छ ।

बुधबार १ बजेदेखि नागरिकका लागि प्रदर्शनी खुला हुने र बिहीबारदेखि भने बिहान ११ बजेदेखि प्रदर्शनीको अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • शिवरात्रीमा पानी नपर्ने

    काठमाडौं, फागुन १२ – अबको केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । धेरैले शिवरात्रीको बेला पानी पर्छ भन्ने गर्छन् । तर मौसमविद वरुण पौडेलका अनुसार शुक्रबार र शनिबारसम्म पनि पानी पर्ने सम्भावना छैन ।

  • वर्षात र हिमपातले हुम्लामा जनजीवन कष्टकर

    आइतबार रातिदेखि हुम्लाको उच्च भागमा हिमपात र बेंसीमा वर्षासहित हावाहुरी चल्दा जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सिमकोट लगायतका उत्तरी क्षेत्रहरुमा हिमपातसहित हावाहुरी चल्दा चिसो बढेको हो । चिसोका कारण सदरमुकाम सिमकोटमा रहेका सरकारी कार्यलयहरुमा सेवाग्राही कमै आएका छन् ।

  • ​आज पहाडी क्षेत्रमा पानी पर्न सक्ने

    काठमाडौं, फागुन १० – मंगलबार पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

  • फागुन २८ मा वाग्मती सफाइको विशेष कार्यक्रम हुँदै

    काठमाडौं, फागुन ७ - शनिबार उपत्यकाका प्रमुख नदी सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

  • अतिक्रमित वन खाली गराइयो

    भीमदत्तनगर, फागुन ७ - कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित नवदुर्गा सामुदायिक वनको अतिक्रमित २५ हेक्रट जग्गा शनिबार खाली गराइएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया