समाज

ncell

आज १ सय ५० औ रेडक्रस दिवस

काठमाडौ, बैशाख २५ – ‘मानवीय सेवाको १ सय ५० वर्ष’ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिन मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।

नेपालमा भने रेडक्रस स्थापना भएको बुधबार ५० वर्ष पुगेको छ । मानवीय विपत्ति व्यवस्थापनमा महत्वपूर्ण काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा रहेका छन् भने १ हजार ४ सय १० उपशाखा छन् ।

दिवसका अवसरमा सोसाइटीले बिहान शान्तिबाटिकाबाट स्वयम्भूसम्म र्‍याली निकालेको छ भने रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मानिसहरु देशमा रोजगारीको संभावना नदेखेर विदेश गइरहेकाहरुका छन् । बुटवलका एक जना कुल्फी पसले दाइले दिनको ६ हजारसम्म कमाउछु भन्दा नेपालीले नेपालमै केही नगरी किन कामका लागि विदेश धाएका होलान भन्ने लाग्यो ? बुझ्नै सकिएन ।

    ​केपी शर्मा
  • अफगानिस्तानमा मारिएका नेपालीको शव ल्याउन र त्यहाँबाट फर्किन चाहने नेपालीलाई उद्धार गर्न सरकारले देखाएको तदारुकता देखेर बल्ल लाग्यो, बल्ल देशमा सरकार भएको अनुभुती भयो । तर लाश ल्याउन देखाएको जस्तै गरेर आपतविपतमा परेकालाई पनि सहयोग गर्नुपर्‌यो ।

    ​लक्षमणप्रसाद आचार्य
  • उज्यालो ठूल्ठूला नेताको भाषण र शहरमा केन्द्रित भो कि जस्तो लाग्यो । त्यसैले विकट ठाउँका नागरिकले देखेका र पाएका खबर पनि रेडियोसम्म पुर‌्याउन सक्ने व्यवस्था गर्दा राम्रो हुन्थ्यो कि ?

    ​रुची कट्वाल
सबै हेर्नुहोस

सोसल मिडिया