खेल

ncell

एसिसी एलिट कपः नेपाल समूह विजेता

काठमाडौ, बैशाख २५ –  १९ वर्षमुनिको एसिसी एलिटकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।

७० रनको लक्ष्य नेपालले २४ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका लागि हरिशंकर शाहले नटआउट २८, बिभात्सु थापाले १७, अमृत श्रेष्ठले १०, निश्चल पाण्डेले ७ र निर्मल थापाले नटआउट ३ रनको योगदान गरे ।

क्वालालम्पुरको किन्रारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २२ दशमलव ४ ओभरमा अलआउट हुँदै ६९ रनमात्र जोड्न सक्यो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले ६, भुवन कार्कीले २, यज्ञमान कुमाल र सुशान्त भारीले १/१ विकेट लिए । ८ ओभर वलिङ गरेका अविनाशले १ मेडन राख्दै ३१ रन खर्चेर ६ विकेट लिएका हुन् ।

बुधबारको जितसंगै नेपाल समूह बी को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसिया उपविजेता हुँदै सेमिफाइनल पुगेको छ । यसअघि नेपालले कतार, बहराईन र कुवेतलाई फराकिलो अन्तरमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • काठमाडुको मुलपानीमा क्रिकेट मैदान बन्दै छ भन्दा खुसी लाग्यो । तर बल्ल बल्ल बन्न थालेको मैदानमा आएको समस्यालाई पनि संविधान बनाउन लगाए जस्तो धेरै समय नलगाइयोस् ।

    सागर बराल
  • उज्यालोले नेपाल दर्पणमा सुरु गरेको नयाँ स्तम्भ साना लडाकुका ठूला संघर्ष सुरु गरेछ । शसस्त्र युद्ध लडेका लडाकुको कुरा उठाएको सुन्दा खुशी लाग्यो तर उनीहरुप्रति राज्यले गरेको व्यवहार सम्झिएर अचम्म पनि लाग्यो ।

    ​कुर्घेली कृष्ण
  • चुनाव गर्छौ नभनुन्जेल तयार छौं भन्ने तर मिति तोक्न थालेपछि सकिँदैन भन्ने निर्वाचन आयोग सहितका कर्मचारीका कुरा सुन्दा नाच्न नजान्ने आँगन टेडो भन्ने उखान याद आयो । कर्मचारीले सक्दैनौं भन्नुको साटो तयारीमा लाग्नु राम्रो होला ।

    ​सम्झौना न्यौपाने
सबै हेर्नुहोस

सोसल मिडिया