MENU

समाज

ujyaalo forign call inside

विश्व जनसंख्या दिवस मनाईंदै

काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस आज किशोरावस्थामा गर्भाधान : सर्वाङ्गीण विकासमा व्यवधान नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिँदै हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् ।

किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा यो विषयमा जोड दिइएको हो ।

आफ्नो ईच्छाले गर्भाधान गर्न पाएमात्रै शिशुको जन्म सुरक्षित हुने र हरेक युवाको ईच्छा र क्षमताको सम्बोधन हुने भन्दै यो वर्ष जनसंख्या दिवसमा किशोरावस्थामा हुने गर्भाधानको विषयमा जागरुकता बढाउन खोजिएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव बान की मुनले  किशोरावस्थामा आमा नबन्नका लागि शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे जानकारी र मातृ स्वास्थ्य सेवाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ वर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको छ । नेपालको पछिल्लो जनगणना अनुसार यो उमेर समूहको झण्डै ३२ लाख जनसंख्या छ ।

राष्ट्रसंघको तथ्यांक अनुसार विश्वभरका १ करोड ६० लाख जना युवतीले १८ वर्ष भन्दा कम उमेरमै बच्चा जन्माउने गरेका छन् । ३२ लाख जनाले असुरक्षित गर्भपतन गराउने गरेका छन । २० वर्ष उमेर नपुग्दै विहे गरेमा मातृ मृत्युदर ६० प्रतिशत भन्दा बढी हुने सम्भावना हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १५ देखि १९ वर्ष सम्मका १७ प्रतिशत महिला किशोरावस्थामा गर्भवती हुने गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया