MENU

राजनीति

ujyaalo forign call inside

पूर्वप्रधानमन्त्री श्रेष्ठको निधन

साढे ४ बजे अन्तेष्ठी गरिने

काठमाडौं, साउन ३१ – पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन भएको छ ।

गएको वैशाख १७ गतदेखि सिकिस्त बिरामी परेका श्रेष्ठको विहान तीनबजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सोको क्यान्सरबाट ग्रसित श्रेष्ठलाई उपचारको लागि भारत लगिएकोमा उहाँकै आग्रहमा मंगलबार बेलुकी काठमाडौं ल्याइएको थियो ।

श्रेष्ठको पार्थिव शरीरलाई अहिले उहाँको निवास काठमाडौंको धापासी लगिएकोे राप्रपा नेपालका केन्द्रीय सदस्य दिलनाथ गिरीले जानकारी दिनुभयो ।

श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, राप्रपाका नेता डा प्रकाशचन्द्र लोहनी, नेकपा–माओवादीका सचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु श्रेष्ठ निवास पुगेका छन् ।

श्रेष्ठको शव अपरान्ह ४ बजेसम्म धापासीमै राखिने र साढे ४ बजे पशुपति आर्यघाट अन्त्यष्ठी गरिने राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानरकारी दिनुभयो ।

सल्यानको खलंगामा विक्रम संवत १९९७ साल कात्तिक १७ गते श्रेष्ठको जन्म भएको थियो । श्रेष्ठ विक्रम संवत २०४३ साल जेठ ३१ गते नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।

जनआन्दोलन उत्कर्षमा पुगेको बेला उहाँले २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । त्यसअघि पनि उहाँ राष्ट्रिय पञ्चायतका अध्यक्ष हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया