भाषा परीक्षा पास हुँदैमा कोरिया जाने ग्यारेण्टी हुँदैन: निर्देशक ली

  • Posted: Saturday, Aug 31, 2013 12:35 PM ( 2 years ago )
Total Views: 11.0 K

रोजगारीका लागि दक्षिण कोरिया जान यसपटक ४८ हजार युवाले आवेदन फारम भरेका छन् । यो सन् २०११ को भन्दा झण्डै ९ हजारले कमी हो ।

तर यो आवेदन तोकिएको कोटाभन्दा झण्डै ६ गुणा बढी हो । सन् २००७ मा दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालय र नेपालको श्रम तथा रोजगार मन्त्रालयबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार पठाउने सम्झौता भएपछि नेपाली युवाका लागि मुख्य आकर्षक रोजगार गन्तव्य कोरिया बनेको छ ।

सन् २०११ मा नै योग्य सूचिमा रहेर पनि कोरियामा रोजगारका लागि जान नपाएकाहरु अझै पाँच हजार भन्दा बढी छन् । यो अवस्थामा कोरिया सरकारले नयाँ प्रक्रिया शुरु गरेको हो ।

यसै सन्दर्भमा उज्यालो अनलाइनका लागि रीतु थेबेले एचआरडी कोरिया, इपिएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कसँग कोरिया जान पुरा गर्नुपर्ने प्रक्रिया लगायतका विषयमा कुराकानी गर्नुभएको छ ।

भाषा परीक्षाको फारम भरेपछि कोरिया जान अब के के प्रक्रिया पुरा गर्नुपर्छ ?

फारम भरेकाहरुका लागि आउँदो अक्टोबरको ६ र ७ तारिख (असोज २० र २१ गते) दुई दिन कोरियन भाषा परीक्षाका गर्ने योजना छ । त्यसको नतिजा अक्टोबरको २१ तारिखमा प्रकाशन गरिनेछ । पास हुनेमध्ये उच्चतम अंक ल्याउने ३० प्रतिशतले सीप परीक्षण (स्किल टेष्ट)मा सहभागी हुनसक्छन् ।

नोभेम्बर २८ तारिखदेखि पाँच दिन सीप परीक्षण सञ्चालन हुनेछ । भाषा परीक्षाको नतिजा प्रकाशन भएपछि सीप परीक्षणमा सहभागी हुन पाउनेको संख्या र तालिम सञ्चालन हुने दिन हेरफेर भने हुनसक्छ ।

अहिले फारम भरेकाहरु प्रक्रिया पुरा गरेर कहिलेसम्म कोरिया पुग्छन् ?

भाषा परीक्षामा पास भएकाहरुले स्वास्थ्य परीक्षण गर्नुपर्छ । एचआरडी कोरिया, इपिएस सेन्टर नेपाल कार्यालयले स्वास्थ्य परीक्षणका लागि विस्तृत जानकारी दिनेछ । स्वास्थ्य परीक्षणमा स्वस्थ भएकाहरुले आवश्यक कागजात सहित रोजगारका लागि आवेदन गरिन्छ । रोजगार आवेदन गरिसकेका व्यक्तिको रोष्टर निर्माण दुई महिना भित्रमा भइसक्छ ।

थप दुई महिनाभित्रमा नै कोरियाको मानव संसाधन विभागले रोष्टर प्रमाणित गर्छ । त्यसपछि उनीहरु औपचारिक रुपमा कोरिया जाने योग्य सूचि (रोष्टर)मा रहन्छन् । त्यसमा पनि उच्चतम अंक ल्याउने ३० प्रतिशतले उनीहरुले चाहेको अवस्थामा स्किल टेष्टमा सहभागी हुन सक्छन् । स्कील टेस्टका नोभेम्बरको अन्तिमबाट शुरु हुने भएकाले सबै प्रक्रियाहरु पूरा भइसकेपछि अर्को बर्ष सन् २०१४ बाट मात्रै उनीहरु कोरियाको रोजगारीमा जान सक्छन् ।

प्रमाणित भएको मितिले उनीहरुको नाम एकबर्ष रोष्टरमा रहन्छ । त्यो अवधिमा कोरियामा रोजगारी प्राप्त नभए अर्को एकबर्षका लागि पुनः रजिष्ट्रेसन गरेर उनीहरु रोष्टरमा रहन सक्छन् । प्रमाणित भएर रोष्टरमा रहेको अवधिदेखि कोरियाको रोजगार केन्द्रले त्यहाँ रहेका रोजगारदातालाई कामदार सिफारिस गर्न सक्छ । रोजगारदाताको छनौटमा परेमा चाँडै कोरिया प्रवेश सम्बन्धि प्रक्रिया अगाडि बढ्छ ।

सन् २०११ का पनि रोष्टरमा छन् । ८ महिनाभित्र कोरिया जान पाएनन् भने उनीहरु फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्छ । नयाँ भाषा परीक्षा दिनेहरुलाई यस्तो अवस्था आउन सक्छ भन्ने कुरा जानकारी गराइयो ?

सन् २०११ मा करिव १५ हजार ९ सय पास भएकामा अहिलेसम्म १० हजार भन्दा बढिले रोजगारी पाइसकेका छन् । करिव ५ हजार ५ सय व्यक्ति अझै पनि रोजगारी पर्खेर बसेका छन् । जो जानुभएको छैन, उहाँहरुप्रति हाम्रो सहानुभूति छ ।

यद्यपी, हामीले इपिएस प्रणालीका बारेमा सूचना प्रकाशित गर्दा स्पष्ट रुपमा नै जानकारी गराएकै हुन्थ्यौं । त्यसका बाबजु्द पनि राम्रोसँग बुझ्न नसकेका कारण कतिपय व्यक्तिले आफूले गरेको अध्ययन, पेशा व्यवसायलाई छोडेर केवल कोरियाका रोजगारीका लागि मात्रै प्रतिक्षा गरेर बसिरहेको सुन्दा दुःख लागेको छ ।

यो बर्ष यी कुरालाई हटाउनुपर्छ भन्ने हामीलाई बोध भयो र त्यस बारेमा धेरै प्रयास पनि गरिएको छ । सूचना प्रकाशित गर्दा र फारममा नै कोरिया जान चाहनेले देख्ने गरी ‘कोरिया भाषा उत्तीर्ण हुनु भनेको रोजगारी सुरक्षित हुँदैन ग्यारेण्टी हुँदैन’ भन्ने सूचना राखिएको छ ।

पत्रकार सम्मेलन र विज्ञप्तीमार्फत पनि यसबारेमा जानकारी गराइएको थियो । भाषा परीक्षा आवेदन फारम भर्दा पनि करिव ८० हजार पर्चा छपाएर कोरियामा रोजगारी चाहनेहरुले ध्यान दिनै पर्ने केही कुराहरु भनेर जानकारी गराइएको थियो ।

अब नयाँ रोष्टर बनाउँदा पुरानोलाई प्रभाव पर्दैन ?

यसअघि योग्य भएर रोष्टरमा रहेका धेरैले अहिलेको परीक्षाका लागि फारम भरेको जानकारीमा आएको छ । अहिले जो रोष्टरमा हुनुहुन्छ, उहाँहरु फेरि दोहोरिएर रोष्टरमा रहने भन्ने कुरा चाहिँ हुँदैन । तर जब पुरानो रोष्टरको वहाल अवधि सकिन्छ त्यसपछि नयाँ रोष्टरमा उहाँहरुको नाम समावेश हुन्छ ।

अहिले पनि रोष्टरमा वहाल भइरहेकाको जहिल्यै सुकै पनि कोरियाका रोजगारदाताबाट छनौटमा परेर रोजगारी सुनिश्चित हुने सम्भावना यथावत छ । त्यसैले नयाँ र पुराना रोष्टरमा भएकाहरुलाई घाटा अथवा नोक्सान हुँदैन ।

पुरानो रोष्टरमा भएकाहरु नयाँ रोष्टर आउनुअघि नै जान सक्ने सम्भावना रहेकाले आशावादी रहन म आग्रह गर्छु । पुरानो रोष्टरको वहाल अवधिभित्र रोजगारी सुनिश्चित नभए नयाँ रोष्टरमा उहाँहरु समावेश हुन सक्छन् ।

रोष्टरमा भएका मध्येबाट कामदार छनौट हुने आधार चाहिँ के के हुन् ?

रोष्टरमा नाम भएको व्यक्तिलाई छान्न रोजगारदाताले विभिन्न सर्तहरु राखेका हुन्छन् । जस्तै, कुन देशको कामदार चाहेको हो ? महिला वा पुरुष के हो ? शारीरिक सर्तहरु के के हुन् ? शैक्षिक योग्यता आदि । रोजगारदाताको सर्तका आधारमा रोजगार चाहनेले आफुले काम गर्न चाहेको विस्तृत कार्यक्षेत्र छनौट गरेका हुन्छन् ।

कोरियाको रोजगार केन्द्रले रोजगारदातालाई सर्त अनुसार कम्प्युटरमार्फत ‘म्याचिङ प्रणाली’बाट उसले चाहेको भन्दा तीन गुणा बढि चाहिँ सिफारिस गरिदिन्छ । तीन गुणा बढी सिफारिस पाएका व्यक्तिहरु मध्येबाट रोजगारदाताले आफ्ना लागि कामदार छनौट गर्छ । छनौटपछि रोजगार करारपत्र लगायतका अन्य प्रक्रिया अगाडि बढछन् ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • काठमाण्डू सेल्फीको विमोचन काठमाण्डू सेल्फीको विमोचन

    काठमाडौं, भदौ ११ – सञ्चारकर्मी, साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले लेखेको पुस्तक काठमाण्डू सेल्फीको शुक्रबार विमोचन भएको छ ।

  • पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन

    काठमाडौं, भदौ ६ – मोफसलका लेखक घनश्याम पथिकको उपन्यास ‘युनिका’को एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा विमोचन गर्नुभयो ।

  • कविता : अब जन्मदैनन् देवी देवता कविता : अब जन्मदैनन् देवी देवता

    दिव्य बज्राचार्य - सयौं वर्ष अगाडी जन्मेका बुद्ध के हामीलाई पुगेको हो र ? हजारौं वर्ष अगाडी जन्मेका कृष्ण के हामीलाई पुगेको हो र ? नारीलाई हुने अत्याचार विरुद्ध लड्न देवी दुर्गा हुनुपर्ने समय हो अज्ञानलाई हटाउने माता सरस्वती हुनुपर्ने समय हो

  • बेल्जियममा नेपाली साहित्य सम्मेलन बेल्जियममा नेपाली साहित्य सम्मेलन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, भदौ १ – बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो ।

  • चितवनका सार्वजनिक भित्तामा कला चितवनका सार्वजनिक भित्तामा कला

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, साउन ३१ – राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ ।

Join us on Facebook