उज्यालोको निर्वाचन विशेष वेबसाइट सुरु

  • Posted: Friday, Oct 25, 2013 13:46 PM ( 1 year ago )
Total Views: 4.6 K

काठमाडौ, कात्तिक ८ – संविधानसभा चुनाव सम्बन्धी जानकारी दिने र यसमा आम नागरिकलाई नै प्रत्यक्ष रुपमा सहभागी गराउने उद्देश्यले उज्यालो मल्टिमिडियाले विशेष वेबसाइट सुरु गरेको छ ।

विशेष वेबसाइट www.election.ujyaaloonline.com को निर्वाचन आयुक्त ईला शर्माले उद्घाटन गर्नुभयो ।

आयुक्त शर्माले निर्वाचन सम्बन्धी सूचना नागरिकमा पुर्‍याउन आयोगलाई चुनौती रहेको अवस्थामा उज्यालोले शुरु गरेको कामले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘अहिले सूचना प्रवाह हाम्रो गम्भीर चिन्ताको विषय हो’ आयुक्त शर्माले भन्नुभयो ‘यो वेबसाइटले आयोगकाको काममा पनि सहयोग पुग्ने विश्वास लिएका छौं ।’  उहाँले निर्वाचन आयोगले एक हप्ताभित्रै सूचना केन्द्र खोल्ने पनि जानकारी दिनुभयो ।

नयाँ बेवसाइटमा चुनाव सम्बन्धी विस्तृत समाचार, आउँदो संविधानसभा चुनावमा भाग लिने दलहरुको विवरण, उम्मेदवारको सूची राखिएको छ भने मतपरिणाम पनि राखिनेछ ।

इन्टरनेटमा पहुँच भएका र स्वदेश तथा विदेशमा रहेका नेपाली र नेपालको चुनावका बारेमा चासो राख्ने बिदेशीलाई चुनावी गतिविधिबारे छिटो भन्दा छिटो अनलाइन र रेडियोमार्फत जानकारी दिने उद्देश्यले तयार पारिएको वेबसाइट नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।

वेबसाइटमा राजनीतिक दल बारेको जानकारी, उनीहरुको घोषणापत्र, २ सय ४० वटै निर्वाचन क्षेत्रको चुनावी गतिविधि, उम्मेदवारको सूचि, उम्मेदवारको व्यक्तिगत विवरण, चुनावी गतिविधिको नियमित अपडेट तथा चुनावी परिणामको अपडेट हेर्न सकिनेछ ।

यसैगरी आफ्नो क्षेत्रमा भइरहेको चुनावी गतिविधि, उम्मेद्वार र पार्टीका बारेमा आम नागरिकले टेलिफोन, इमेल, सामाजिक सञ्जाल– फेसबुक, ट्वीटर लगायतबाट जानकारी दिन सक्नेछन् ।

वेबसाइट प्रयोगकर्ताले शेयर गरेका आवाज, फोटो, भिडियो र लिखित विचार अनलाईनसँगै रेडियोको चुनाव विशेष कार्यक्रममा पनि सामेल गरिनेछ ।

यसमा स्वदेश र विदेशमा रहेका नेपाली तथा चुनावप्रति चासो राख्ने विदेशी पनि सहभागी हुन सक्ने उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • धान र संविधान

    उता, बेलामा मल थिएन बल थियो । पानी थिएन बानी थियो । बीउ थिएन जीऊ थियो ।

  • विश्व कविता दिवस मनाईंदै

    काठमाडौं, चैत ७ - आज विश्व कविता दिवस । नेपालमा पनि साहित्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन् ।

  • कथा : सेतो सर्ट कथा : सेतो सर्ट

    महेश्वर चापागाईं - म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै सकी तैंले यति धेरै पढेर नि केहि गरिनस भने त हाम्रो दु:खको दिन जाला जस्तो छैन । बाबाले भन्नुभयो ।

  • दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने दार्शनिक कवि माधव मूलको नाममा अक्षयकोष स्थापना गरिने

    काठमाडौं, चैत ४ - मृगौलारोगका कारण निधन भएका अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित दार्शनिक कवि माधव मूलको नाममा एक अक्षयकोष स्थापना गरिने भएको छ । मृगौलारोगबाट पिडित साहित्यकारको उपचार खर्चको लागि सहयोग गर्ने उद्धेश्यले अक्षय कोषको स्थापना गरिने उहाँका धर्मपत्नी मन्धरी मूलले बताउनु भयो ।

  • चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति

    काठमाडौं, चैत २ - साहित्यकार नारायण प्रसाद राजभण्डारी चित्तरंजन नेपाली नेपालभाषा एकेडेमीका नयाँ कुलपति हुनु भएको छ । नेपालभाषा एकेडेमीको साधारण सभाले नेपालीलाई कुलपतिमा चयन गरेको हो । त्यस्तै साधारण सभाले निर्वतमान कुलपति सत्य मोहन जोशीलाई एकेडेमीको संरक्षक घोषणा गरेको छ ।

Join us on Facebook