MENU

बातावरण-कृषि

Ncell Axiata

तीन महिनामा १३ हजार चरा बाहिरिए

काठमाडौं, मंसिर २६ – शिकारी पंक्षी बसाईं सर्ने संसारकै एकमात्र ठुलो करिडोर कास्कीको काँडेबाट तीन महिनाको समयमा १३ हजार ४ सय ८५ चराहरु बाहिरिएका छन ।

काँडेको ठुलाखर्क संसारमै सबैभन्दा बढी शिकारी चराले प्रयोग गर्ने तथा पूर्वबाट पश्चिमतर्फ जाने एक मात्र करिडोर हो ।

हिमाली रेञ्जमा ठोक्किएको हावाले उड्न सजिलो हुने भएकाले चराले यो करिडोरको प्रयोग गर्छन । त्यसरी बसाईं सरेर जाने चरामध्ये ८ हजार ४ सय ८५ गोमायु महाचिल रहेको चराविद् तुलसी सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । काँडेको बाटो भएर शिकारी चराहरु मंगोलिया, रसिया र चीन लगायतका क्षेत्रबाट आउने र भारत, अरबियन देश हुँदै अफ्रिकासम्म पुग्ने गर्छन ।

नेपालमा पाइने ६० प्रजातिका मांसहारी चरामध्ये ४० प्रजातिका चराले यो बाटो प्रयोग गर्छन । यसपटक ३६ प्रजातिका चराले यो बाटो प्रयोग गरेका छन् । विभिन्न १० प्रजातिका चरा भने यहीँका रैथाने छन ।

झण्डै तीन महिना भएको मांसहरी चराको गणनामा चराविद् सुवेदीसँगै सूर्य गुरुङ, सन्देश गुरुङ र डाक्टर रोबर्ट डेकान्डिडो लगायत सहभागि थिए । अध्ययनले चरा पर्यटनका लागि निकै सहयोग गर्ने चराविद् सुवेदीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया