MENU

राजनीति

ujyaalo forign call inside

पार्टीभित्रको विवादले शान्ति प्रकृयामा असर पार्दैन :- प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्दीभित्रको विवादले शान्ति प्रकृयामा असर नपार्ने बताउनुभएको छ । नेविसंघका कार्यकर्ताको आक्रमणबाट क्षति पुगेको नयाँ पत्रिका दैनिको कार्यालय निरीक्षणपछि पत्रकार प्रचण्डले साँचो विवादले पार्दी विभाजन नआउने बताउनुभयो ।

 

शान्ति प्रकृया अघि बढिसकेकोले पछाडि हट्न नसकिने प्रचण्डको भनाई छ । असोज १ गतेदेखि बस्ने पार्दी केन्द्रीय समिति बैठकले आन्तरिक विवाद समाधान गरी एकढिक्कासाथ अघि बढ्ने प्रचण्डले बताउनुभयो । प्रचण्डले सञ्चारमाध्यममा आक्रमण गर्ने दोषीलाई कडा कार्वाही हुनुपर्ने पनि बताउनुभयो ।

२ दिन अघि समाचार लेखेको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले नयाँ पत्रिका दैनिकमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न २ जना पक्राउ परेका र सात जना फरार रहेका पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले जानकारी दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया