MENU

राजनीति

ujyaalo forign call inside

को हुन विश्वनाथ उपाध्याय ?

काठमाडौं, माघ १७ – पूर्वप्रधानन्यायाधीश विश्वनाथ दाहाल उपाध्याय अब यो संसारमा हुनुहुन्न । ब्रेन ह्याम्रेजबाट पीडित उपाध्यायको विहीबार राती ८४ वर्षको उमेरमा निधन भयो ।

सर्वोच्च अदालतका अहिलेसम्मका २२ जना प्रधानन्यायाधीश मध्ये अहिलेका प्रधानन्यायाधीश खिलराज रेग्मीपछि सम्भवत सबैभन्दा धेरै चर्चामा आएका प्रधानन्यायाधीशमा पर्नुहुन्छ उहाँ ।

२०४७ सालको संविधान जारी भएपछि २०४८ साल साउन २३ गतेदेखि २०५२ साल असोज ९ गतेसम्म सर्वोच्चको प्रधानन्यायाधीश भएका उपाध्याय एक निडर र निर्भिक न्यायमुर्तीको रुपमा चिनिनुहुनछ । प्रधानन्यायाधीश खिलराज रेग्मी पदमा बहाल रहकै अवस्थामा कार्यकारी प्रमुख पनि भएर धेरै चर्चा र विवादमा आउनुभयो ।

रेग्मीपछि सबैभन्दा धेरै चर्चा रहने उपाध्याय आफैंले गरेका केहि फैसला र निर्णयको आधारमा चर्चामा हुनुहुन्छ । २०११ सालमा लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेका उपाध्याय कानुन सचिव, कानुन आयोग हुदै सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा प्रवेश गर्नुभयो ।

उहाँका चार दाजुभाइ मध्ये केदारनाथ उपाध्याय पूर्वप्रधानन्यायाधीश एंव राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष हुनुहुन्छ भने वैद्यनाथ उपाध्याय सर्वोच्चका वहालवाल न्यायाधीस हुनुहुन्छ र अर्का भाइ नरेन्द्र दाहाल सरकारी सेवामा हुनुहुन्छ ।

निर्भिक र विषयबस्तुमा विशेष दख्खल भएका उपाध्याय २०४७ सालको संविधान सुझाव आयोगका एक सदस्य हुनुहुन्थ्यो । त्यहि आयोगले मस्यौदा गरेको संविधान लागूभयो । संविधानको मस्यौदाकार उपाध्यायले संविधानमा दरबारलाई ‘साइज’मा ल्याउन भूमिका खेल्नुभयो ।

त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धिलाई समझदारी मात्रै हो भनेर भ्रम फैलाएको अवस्थामा उहाँले त्यसलाई सन्धि नै हो भनेर फैसला मात्रै गर्नुभएन संसदको २ तिहाई पुर्‍याएर अनुमोदन गर्न आदेश दिनुभयो ।

यस्तै २०५२ साल भदौ १२ गतेको फैसलाले उहाँलाई अझ चर्चासंगै विवादमा पनि ल्यायो । तत्कालिन अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले बिघटन गरेको संसद पुर्नस्थापना गरे पछि शिक्षण अस्पतालको कोमा रहेका अधिकारीको सरकार ढल्यो ।

यस्तै पञ्चायतकालमा बमकाण्डमा परेका कांग्रेस नेता ओमकार श्रेष्ठलगायतलाई दिएको सफाई जस्ता उहाँका केही निर्भिक र विवादास्पाद निर्णयका कारण उहाँ पदमा रहँदा र त्यसपछि पनि सधैं चर्चामा रहनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया