MENU

राजनीति

खनाल र विश्व बैंकका नेपाल निर्देशक एलेन गोल्डस्टेनबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री झलनाथ खनाल र विश्व बैंकका नेपाल निर्देशक एलेन गोल्डस्टेनबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय बल्खुमा भएको भेटमा नेपालको शान्ति प्रकृया, संविधान लेखन र विश्व बैंकले नेपालमा लगानी गर्ने रणनीतिका बारेमा छलफल भएको छ ।

 

भेटमा एलेनले विश्व बैंकले नेपालमा ट्रान्समिशन लाइन, सडक, सिंचाई, संघीयता, खाद्य सुरक्षा, नविकरणीय उर्जा, वन्य जन्तु संरक्षण लगायतका विषयमा लगानी गर्ने रणनीति तयार गरेको जानकारी गराएको एमालेले जनाएको छ । यस्तै अध्यक्ष खनाल र कार्टर सेन्टरका नेपाल प्रतिनिधि डेविड पोटिबीच पनि नेपालको संविधान लेखन र शान्ति प्रकृयाका बारेमा छलफल भएको छ । भेटमा पोटीले माओवादी र मधेसी मोर्चाबीच भएको चार बुँदे सहमतीले बढाउन सक्ने दण्डहिनताका बारेमा चासो राख्नु भएको एमालेले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया