MENU

राजनीति

ujyaalo forign call inside

पुनर्संरचना सुझाव आयोगमा बिवाद, प्रतिवेदन दुईटा बुझाउने तयारी

काठमाडौं, माघ १७ राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदैछ । दिउँसो २ बजे सिंहदरबारमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई प्रतिवेदन बुझाउने तयारी छ ।

 

राज्यको संख्या र आधारको विषयमा कुरा नमिलेपछि आयोगकै तर्फबाट दुईवटा प्रतिवेदन तयार भएको छ । दुवैथरीले आ—आफूले तयार पारेको प्रतिवेदन बुझाउन लागेका हुन् । संयोजक सहित आयोगका पाँच जनाको एउटा र तीन जनाको अर्को गरी दुईवटा प्रतिवेदन तयार भएको आयोग स्रोतले जनाएको छ । आयोगका बहुमत सदस्यले जातीय आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने प्रस्ताव सहित प्रतिवेदन तयार पारेका छन् । तर मतभेद भएपछि आयोगमा काँग्रेसका सदस्य रमेश ढुंगेल र सावित्री गुरुङ तथा एमालेका सर्वराज खड्काले छलफल बहिस्कार गरी छुट्टै प्रतिवेदन बनाएको स्रोतले जनाएको छ । एकीकृत नेकपा माओवादी, मधेशी मोर्चा र एमालेका एक सदस्यले भने जातीय आधारमा ११ वटा प्रदेश बनाउनु पर्ने सुझाव सहितको प्रतिवेदन तयार पारेका छन् । तीन सदस्यले भने जातका आधारमा नभई भौगोलिक, सांस्कृति र ऐतिहासक आधारमा ६ वटा मात्रै प्रदेश बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया