MENU

खेल

Ncell Axiata
NIC Asia

दक्षिण कोरियाली फुटबल प्रशिक्षक बो को राजिनामा

बोस्नियाका प्रशिक्षकको अवधि भने दुई वर्ष थप

असार २६ – दक्षिण कोरियाका फुटबल प्रशिक्षक हङ मियुङ–बोले राजीनामा दिएका छन् ।

विश्वकप फुटबलमा आफ्नो टोलीले गरेको प्रदर्शन निराशाजनक भएको भन्दै उनले विहीबार राजिनामा दिएका हुन् । समूह एच मा रहेको दक्षिण कोरिया समूहचरणबाटै बाहिरिएको थियो ।

दक्षिण कोरियाले समूह चरणका २ खेल हारेको थियो भने एक खेलमा बराबरीको नतिजा निकालेको थियो । उनले यो नतिजा प्रति निकै दुःखी भएको भन्दै सबैसँग माफीसमेत मागेका छन् । सन् २००२ मा दक्षिण कोरिया सेमिफाइनल प्रवेश गर्दा हङ टोलीका क्याप्टेन थिए ।

बो को यो निर्णयलाई दक्षिण कोरिया फुटबल संघले भने अप्रत्यासित भनेको छ । संघले गत हप्ता मात्रै बो लाई अष्ट्रेलियामा हुने आउँदो एसिया कपसम्म टोलीको जिम्मा दिने निर्णय गरेको थियो ।

यसैबीच बोस्निया हर्ज गोभिनाका प्रशिक्षक सफेट सुजिकले भने दुई वर्षे सम्झौता थपेका छन् । विश्वकपमा अर्जेन्टिना र नाइजेरियासँग हारेपनि बोस्नियाले इरानलाई हराएको थियो । सुजिकले २०१६ को युरो कपसम्म बोस्नियाको टोली सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया