MENU

खेल

Ncell Axiata
NIC Asia

लुइस सुआरेजको अपिल फिफाद्वारा खारेज

असार २६ – विश्वकप फुटबलमा इटालीका खेलाडीलाई टोकेपछि ४ महिनाको प्रतिबन्धमा परेका उरुग्वेका स्ट्राइकर लुइस सुआरेजको अपिल अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले खारेज गरेको छ ।

उरुग्वेको फुटबल संघले सुआरेजमाथिको प्रतिबन्ध पुनरावलोकनका लागि फिफामा निवेदन दिएको थियो ।

तर फिफाले कारबाहीमा कुनै पुनरावलोकन नहुने बताएको छ । फिफाको यो निर्णयपछि सुआरेजले खेलकुद सम्बन्धि मुद्दा हेर्ने अर्को अन्तर्राष्ट्रिय निकायमा उजुरी गर्न सक्ने छन् ।

सुआरेजले जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको आफ्नो खेलमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई टोकेका थिए । चिलिनीलाई टोकेपछि फिफाले उनलाई चार महिनासम्म फुटबलजन्य गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो भने ९ वटा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध गरेको थियो । सुरुमा आफूले नटोकेको बताएपनि पछि भने सुआरेजले विज्ञप्ती निकालेर माफी मागेका थिए । उक्त खेलमा उरुग्वेसँग इटाली १–० ले पराजित भएको थियो ।

- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया