खेल
अर्जेन्टिना वा जर्मनी जसले जितेपनि विश्वकप ट्रफि नपाउने
- Friday, Jul 11, 2014
- 13:26 PM ( 4 years ago )
- Total Views: 225.4 K
काठमाडौं, असार २७ - विश्वकप फुटबलको आइतबार राती हुने फाइनल अर्जेन्टिना वा जर्मनी जसले जितेपनि नयाँ ट्रफि बनेपछिको यो उसको तेश्रो जित हुन्छ ।
तीन पटक जित्ने टिमले ट्रफि आफ्नो बनाउन पाउनु पर्ने हो ।
तर यो विश्वकप जितेपनि ट्रफिलाई अर्जेन्टिना वा जर्मनी कसैले पनि आफ्नो बनाउनु पाउँदैनन् ।
सन् १९७० मा ब्राजिलले तेश्रो पटक विश्वकप जितेपछि पहिलाको जुलिय रिमेट ट्रफि भनिने विश्वकप ट्रफि पच पारेको थियो । त्यसपछि फिफाले अहिलेको नयाँ ट्रफि बनाएको हो ।
यो ट्रफि बनेपछि सन् १९७४ र १९९० मा जर्मनीले तथा १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेका थिए । जर्मनीले अहिलेको ट्रफि बन्नुअघि १९५४ मा पनि विश्वकप जितेको थियो ।
यो ट्रफि बनाउने बेलामा फिफाले ३ पटक विश्वकप जित्ने टोलीलाई ट्रफि सधैंका लागि दिने व्यवस्था गरेको थियो । तर पछि यो नियममा परिवर्तन गर्दै जसले जतिपल्ट विश्वकप जितेपनि उसले ट्रफि असली राख्न नपाउने र ट्रफिको स्वामित्व फिफामै रहने व्यवस्था गरिएको छ । फिफाले विश्वकप विजेता टिमलाई भने फिफाले विश्वकप ट्रफिको नक्कल ट्रफि दिने गरेको छ । जसमा सुनको जलप लगाईएको हुन्छ । ६ दशमलव २ किलो तौलको असली ट्रफि भने सुनको हो । ३६ दशमलव ८ सेन्टिमिटर अग्लो यो ट्रफिलाई इटालीका कलाकार शिल्भियो गाज्जानिगाले तयार पारेका हुन् । विश्वकप विजेताले नक्कल ट्रफि पाउने गरेपनि असली ट्रफिमा उसको नाम भने लेखिने छ ।
तर रमाइलो कुरा के छ भने नि यो ट्रफिमा यसपछि विश्वकप जित्ने ४ टिमको नाम मात्र लेख्ने ठाउँ बाँकी छ । त्यसैले पहिलो विश्वकप आयोजना भएको १ सय वर्षपछि सन् २०३० मा हुने विश्वकपमा यो ट्रफिले अवकास पाउने छ । त्यसपछि के गर्न भनेर फिफाले अहिले कुनै योजना सार्वजनिक गरेको छैन ।
सम्बन्धित सामग्रीहरु
-
आईपीएल क्रिकेट : गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?
वैशाख १० – पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित । जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् ।
-
रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा
वैशाख १० – चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जीतसहित शीर्ष स्थानमा उक्लिएको छ ।
-
सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
वैशाख १० – इंग्लिस प्रमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले स्वान्सी सिटीलाई पाँच शून्यले हराएको छ ।
-
आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
वैशाख १० – इण्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ ।
-
सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
वैशाख १० – लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् ।
-
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
- सेवाग्राहीसँग ५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ
- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : महत्वाकांक्षी योजनाका चाङ
- मैले देखेको दरबार अब अङ्ग्रेजीमा
- किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
- दिनमै २ हजार कमाउन थालेपछि विदेशको मोह हट्यो
- मिस नेपाल भन्छिन् – म राम्री होइन, सबै नारीको प्रतिनिधि पात्र हुँ (भिडियो कुराकानी)
- ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे
- थोत्रा गाडीका चालकले कुटे मयुर यातायातका चालक
- नवलपरासीबाट विदेश गएका १५ सय भन्दा धेरै समस्यामा
प्रतिक्रिया दिनुहोस