MENU

अन्तर्वार्ता

Ncell Axiata

परिवारको चिन्ता गर्दा गर्दै यूवाको उमेर सकिन्छ

संसारभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।

यूवामा लगानी गरौं भन्ने नाराका साथ दिवस मनाईएको छ । विश्वमा १० देखि २४ वर्ष सम्मका यूवाको जनसंख्या झण्डै १ अर्ब ८० करोड छ ।

नेपालमा पनि यूवाको संख्या कुल जनसंख्या अहिलेसम्मकै बढी छ ।

तर, यूवा विभिन समस्या भोगिरहेका छन् । यसै विषयमा यूवा अधिकारको पक्षमा काम गर्दै आएका यूवा अभियानकर्ता विष्णु खत्रीसँग साथी हिम विष्टले गरेको कुराकानी ।

अहिले यूवाको समस्या के हुन ?

नेपाली यूवाहरुको विषयमा छलफल गर्नेमा हो भने गुणस्तरीय शिक्षा, रोजगारी अनि सामाजिक सुरक्षा अहिलेका महत्वपूर्ण चुनौतिको विषयमा रहेको छ । नेपालीको विषयमा  कुरा गर्ने  हो भने नेपाली यूवाले आफ्नो मात्रै चिन्ता गर्नुपर्ने नभई सिंगो परिवारको समेत जिम्मेबारी लिनुपर्ने, नेपालको जुन व्यवस्था जसले नेपालको सामाजिक सुरक्षाले सुनिश्चित गर्न सकेको छैन । त्यसले गर्दा समग्र पारिवारिक जिम्मेवारी बोक्दा बोक्दा  परिवारको बारेमा चिन्ता गर्दा गर्दा एउटा यूवाको यूवा उमेर नै सकिन्छ । अनि उसले आफ्नो करिअर, आफ्ना शिक्षा र आफ्नो भविष्यको बारेमा सोच्नैं सक्दैन । यी समस्या महत्वपूर्ण छन् ।

त्यसलाई समाधान वा न्यूनिकरण गर्ने उपाय के छन् ?

पहिले त राज्यले विशेष गरि सामाजिक सुरक्षाको व्यवस्थालाई चाहीं कार्यान्वय गर्न आवश्यक छ । जस्तो बृद्धहरुको लागि अधिकार सुनिश्चित गर्ने कुरा, बालबालिकाका आधारभूत गर्ने र सुनिश्चित गर्ने कुराहरु छ । त्यसैगरि विभिन्न सिमान्तकृत समुदायहरु, विभिन्न वर्ग क्षेत्रहरु जसलाई राज्यको तर्फबाट केही विशेष सम्बोधन गर्नुपर्छ र फेरी सम्बोधन गरेर मात्रै होईन कार्यान्वयन पनि गर्नुपर्छ । यसले के गर्छ भने एउटा पारिवारिक बोझ चाही यूवाहरुका लागि कम हुन्छ । जव पारिवारिक बोझ कम हुन्छ त्यसपछि उनीहरुले देशका लागि लगानी गर्न सक्दछन् । अहिले हेर्नुभयो भने नेपाली यूवाहरु दैनिक रुपमा झण्डै १५ सय भन्दा बढी नेपाली यूवाहरु बैदेशिक रोजगारीमा गईरहेका छन्, देशभित्र रोजगारी नभएका कारणले । त्यो एउटै पीडा के छ भने परिवार पाल्नका निम्ति, शिक्षा स्वास्थ्यका लागि, बालबालिकाको चिन्ताका लागि, विवाह गरेपछि श्रीमती पाल्नका लागि, श्रीमतीले श्रीमान पाल्नका लागि, यै खालको चिन्तामा रुमल्लिदा रुमल्लिदा नेपाली यूवाहरु विदेशी मरुभूमिमा गएर पसिना बगाएका छन् । त्यसैले सामाजिक सुरक्षालाई हामीले अलि व्यवस्थित गर्न सक्ने हो भने नेपाली यूवाहरुले आफ्नो राष्ट्र निर्माणका लागि योगदान गर्न सक्छन् ।

तपाईले सामाजिक सुरक्षामा जोड दिनुभयो । विश्व जनसंख्या दिवसमा पनि यूवामा लगानी गरौं भनेर नारा छ । त्यो लगानीलाई कसरी बुझ्ने अथवा ती यूवामाथि लगानी कसले गर्ने ?

पहिलो त राज्य पहिलो जिम्मेबार हुनुपर्‍यो । राज्यले लगानीको वातावरण निर्माण गर्न पर्‍यो । त्योसँगै राज्यले सबै लगानी गर्न सक्दैन भने नीजि क्षेत्रले पनि यूवाका लागि लगनी गर्नुपर्छ । नीजि क्षेत्रले सधै नाफा कमाउने मात्रै होईन । २१ औं शताब्दीमा आएर राज्यले यूवामा लगानी गरेन भन्ने मात्रै होईन । यहाँको निजी क्षेत्रले जो राज्यको नीति नियममा रहरेर फाईदा लिईरहेका छन् तिनले यूवाको लागि कति काम गरे भन्न पनि प्रश्न हो ? फेरी, लगानी भनेको पैसा मात्रै होईन लगानी भनेको सोंचको कुरा पनि हो । अहिले मिडियाहरु हरौं यूवाहरुको कस्ता समाचार बन्छन् । यूवाले दुःख पाए, यूवाहरु ठगिए, यूवाहरु बैदेशिक रोजगारीमा जाँदा मृत्यु भयो । त्यस्तो मात्रै समाचार किन बन्छ ?

थुप्रै सफलताका कुरा छन् । सम्भावनका कुरा छन् । नेपाली यूवाले गरेका थुप्रै असल प्रयासका कहानी छन् । हामीले त्यो कहिल्यै पनि सार्वजनिक गर्दैनौं । त्यसो भएर लगानी भनेको उनीहरुको राम्रा कुराको सम्मान गर्ने, केही राम्रा कुराहरुको वाटो देखाउने हो । तर, हामीले लगानी भन्ने वित्तिकै बजेट विनियोजन गर्नु पर्‍यो भनेर सोंचेकोले कारणले मात्रै समस्या भयो । कतिपय अवस्थामा सोंचमा परिवर्तन नहुने, हाम्रो नियतमा परिवर्तन नहुने तर हामी नीतिमा मात्रै परिवर्तन हुनुपर्‍यो, बजेट मात्रै चाहियो मात्रै भन्दा पनि कहिलेकाही पैसा भएर पनि नियत सहि नभएपछि कार्यान्वयन नहुँदो रैछ ।

तपाईले अपेक्षाको कुरा गर्नुभयो तर कार्यान्वयन तहमा जाँदा केही न केही त भएको होला ? नीतिगत रुपमा र व्यवहारिक रुपमा समस्या के छ ?

होईन केही असल प्रयास भएका छन् । राज्यले केही अन्तराष्ट्रिय प्रतिबद्धताहरु जनाएको अवस्था छ । त्यै प्रतिबद्धता अनुसार नेपालमा राष्ट्रिय यूवा नीति पनि छ । अहिलेको राष्ट्रिय योजना आयोगले बनाएको योजनामा पनि यूवासम्बन्धी छुट्टै अध्याय छ । रोजगार सृजना गर्नका लागि कार्यक्रमहरु ल्याएको छ । यसरी जुन नीतिहरु बनेको छ तर कार्यान्वयन पक्ष फितलो छ ।  माग र पूर्तिको अवस्था पनि मिलेको छैन । अहिले हेर्नुभयो भने राज्यले बर्षभरीमा ४ हजार यूवालाई सिपमूलक तालिम दिने भन्ने खालको नीति बनाउँछ तर प्रत्यक बर्ष ४ लाख यूवा श्रम बजारमा आउँछन् । हामीले जुन माग छ त्यस अनुसार पूर्ति गर्न सकेको अवस्था छैन । त्यसैले कुनै पनि कामै भएन भनेर त म भन्दैन । हामीसँग यूवा तथा खेलकुद मन्त्रालय छ तर यसको आफ्नै विकेन्द्रीत संरचना छैन । काठमाडौंमा एउटा मात्रै मन्त्रालय बन्दैमा यूवाका लागि केही हुन्छ भन्ने चाही मलाई लाग्दैन । तर भएका श्रोतसाधन प्रयोग गरेर जान सके राम्रो हुन्छ ।

यूवाको समस्या, बनाईएको नीतिहरु र कार्यान्वयनका लागि लाईएका कार्यक्रमबीच देखिएको खाडलको जिम्मेबार को ?

जिम्मेबारको अहिलेको हिसाबले हेर्नुहुन्छ भने त मुख्यत राज्यकै जिम्मेबारी हो । राज्यको जिम्बेवारी भनेको नीति बनाउने हो नीति अनुसार कार्यान्वयन संयन्त्र बनाउने हो । कार्यान्वयन गर्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने हो । यूवाले पनि आफै स्वत स्फूर्त वा निजी क्षेत्र असल प्रयास गर्छन् भने वातावरण तयार गरिदिने हो । तर राज्यले त्यो गर्न सकिरहेको छैन । त्यसैले नीति बन्नुमात्रै ठूलो कुरा होईन नीति कार्यान्वयन हुने कुरा महत्वपूर्ण हो । र, अर्को मैले देखेको समस्या जुन संरचनागत सवालहरु छ नी त्यसले पनि समस्या पारेको छ । जुन बहिष्करणको समस्या छ । एउटा दलित यूवाले चाहेर पनि आफ्नो जिल्लामा, आफ्नो ठाउँमा, गाँउमा, एउटा होटेल व्यवसाय गर्न अझै सक्दैन नी । यो संरचनामा पनि प्रश्न गर्न सकिरहेका छैनौं यो पनि समस्या हो ।

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया