MENU

खेल

गोल्डन बल र गोल्डेन ग्लोभ्सका दावेदारको मनोनयन सार्वजनिक

काठमाडौं, असार २८ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गोल्डेन बल पाउने खेलाडीको मनोनयन  गरेको छ ।

विश्वकपका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन बल दिइन्छ ।

गोल्डेन बलका लागि अर्जेन्टिनाका लियोनेल मेसीसहितका ३ जना खेलाडी मनोनयनमा परेका छन् । एन्जेल डी मारिया र जाभियर मास्चेरानो पनि यो मनोनयमा छन् ।

यस्तै आइतबार राती हुने फाइनलमा अर्जेन्टिनासँग भिड्न लागेको जर्मनीका ४ जना खेलाडी पनि गोल्डेन बलको मनोनयमा परेका छन् ।

म्याट्स ह्युम्मेल्स, टोनी क्रुज, फिलिप ल्हाम र थोमस मुलर यो सूचीमा छन् । घाइते भएका कारण सेमिफाइनल खेल खेल्न नपाएका ब्राजिलका नेयमारका साथै कोलम्बियाका जेम्स रोड्रिगेज र नेदरल्याण्ड्सका आर्जेन रोबिन पनि गोल्डेन बल पाउने संभावित १० खेलाडीमा परे ।  यस्तै फिफाले प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सका लागि पनि मनोनयन सार्वजनिक गरेको छ । कोष्टारिकाका केलोर नाभास, जर्मनीका म्यानुयल नेउर र अर्जेन्टिनाका सर्जियो रोमेरो यो सूचीमा छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट यूवा खेलाडीको सूचीमा भने फ्रान्सका २ जना खेलाडी छन् । नेदरल्याण्ड्सका मेम्फिस डेप्ये का साथै फ्रान्सका पउल पोग्बा र राफेल भराने मध्ये एकले उत्कृष्ट यूवा खेलाडीको पुरस्कार पाउने छन् ।  आइतबार राती फाइनल पछि यी पुरस्कार पाउने खेलाडीको नाम सार्वजनिक गरिने छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया