MENU

खेल

Ncell Axiata
NIC Asia

विश्वकपको फाइनल इटालीका रेफ्रिले खेलाउने

काठमाडौं, असार २८ - सोमबार राती जर्मनी र अर्जेन्टिनाबीच हुने विश्वकप फुटबलको फाइनल खेल इटालीका रेफ्रि निकोला रिज्जोलीले सञ्चालन गर्ने भएका छन् ।

फाइनल खेल ब्राजिलको रियो द जेनेरियोको मरकाना स्टेडियममा हुने छ ।

सन् २०१० को विश्वकपको फाइनल खेलाएका इंग्ल्याण्डका होवार्ड वेब यो विश्वकपको फाइनल खेलाउने रेफ्रिको संभावित सूचीमा थिए । तर फिफाले यो पटकको फाइनल खेलाउने जिम्मा इटालीका रेफ्रि निकोला रिज्जोलीलाई दिएको हो ।

विश्वकपको फाइनलमा खेल्न लागेको अर्जेन्टिनाका २ वटा खेलमा पनि उनी नै रेफ्रि थिए । उनी रेफ्रि भएको दुइवटै खेल अर्जेन्टिनाले जितेको थियो । रिज्जोलीले जारी विश्वकपमा स्पेन–नेदरल्याण्ड, नाइजेरिया–अर्जेन्टिना र अर्जेन्टिना–बेल्जियमबीचको खेल सञ्चालन गरेका हुन् । रिज्जोलीले सन् २०१० मा एथ्लेटिको म्याड्रिड र फुलहामबीचको युरोपा लिगको फाइनल तथा गएको सिजनको बायर्न म्युनिख र बोर्सिया डर्टमुन्डबीचको च्याम्पियन्स लिगको फाइनल पनि खेलाएका छन् ।

विश्वकपको फाइनलमा इटालीकै रिनाटो फाभेर्नी र आन्द्रे स्टेफ्नी रिज्जोलीका सहयोगी छन् । इक्वेडरका कार्लोस भेरा भने फाइनलका लागि फोर्थ अफिसियल नियुक्त भएका छन् । रिज्जोली विश्वकपको फाइनल खेलाउने पाउने इटालीका तेश्रो भाग्यमानी रेफ्रि हुन् । यसअघि सन् १९७८ मा सर्जियो गोनेल्ला र २००२ मा पेर्लुगी कोलिनाले विश्वकपको फाइनल खेलाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया