MENU

खेल

जर्मनी चौथो पटक विश्व च्याम्पियन

काठमाडौं, असार ३० - जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ ।

सोमबार बिहान सकिएको फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको हो ।

जर्मनीलाई विश्वकप उपाधि जिताउन खेलको एक मात्र निर्णायक गोल मारियो गोट्जेले गरे । उनले अतिरिक्त समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गरेर जर्मनीलाई चौथोपटक फुटवलको विश्व च्याम्पियन बनाए ।

निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको खेलको ८८ औ मिनेटमा स्ट्राइकर क्लोजलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गोट्जेले गोल गर्दै उपाधि जिताए  । आन्द्रे सर्लेको पास छातिले रोक्दै गोट्जेले प्रहार गरेको भलि सटमा अर्जेण्टिनी कीपर बिट भएर जर्मनीले उपाधि जित्यो । जितसंगै जर्मनीले एकिकरणपछि पहिलोपटक विश्वकप जितेको छ । अमेरिकी महादेशमा विश्वकप जित्ने जर्मनी पहिलो युरोपेली देश हो । सन् १९९० को विश्वकपको फाइनलमा पनि अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीले त्यसअघि १९५४ र १९७४ मा विश्वकपको उपाधि जितेको थियो । जितसंगै जर्मनीले विश्वकप बिजेतामा इटाली बराबर ४ पटक आफ्नो नाम लेखाएको छ । लियोनेल मेस्सिको कप्तानीमा अर्जेण्टिनाले पाएका केही मौका सदुपयोग गर्न सकेन । कप्तान लियोनेल मेस्सि, गोञ्जालो हिग्वुइन र पालासियोले गोल गर्ने सुन्दर मौका चुकाए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा जर्मनीले ५ पटक टार्गेटमा प्रहार गर्दा एक गोल ग¥यो भने अर्जेन्टिनाले प्राप्त अवसर सदुपयोग गर्न सकेन् । उसका प्रहार अफ टार्गेट भए । नौ पटक उसले मौका पाएपनि अफ टार्गेट भए । हिग्वुइन र पालासियोले वान भर्सेज वानमा पनि गोल गर्न सकेन् । जर्मनीले यो विश्वकपमा जम्मा १८ गोल गर्‍यो । सन् २००२ को विश्वकपमा ब्राजिलले पनि १८ गोल गरेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया