MENU

खेल

ujyaalo forign call inside

मेसीलाई गोल्डेन बल

काठमाडौं, असार ३० - अर्जेन्टिनलाई उपाधि जिताउन नसकेपनि स्ट्राइकर लियोनेल मेसीले विश्वकपमा गोल्डेन बल पाए ।

उनले विश्वकप भरी उत्कृष्ट प्रदर्शन गरेका कारण गोल्डेन बल पाएका हुन् ।

प्रतियोगितामा सबैभन्दा धेरै गोल गरेका कोलम्बियाका जेम्स रोड्रिगेजले गोल्डेन बुट पाए । उनले ६ गोल गरेका थिए भने २ वटा गोलका लागि पास उपलब्ध गराएका थिए । फाइनलमा गोल गर्न सकेको भए जर्मनीका थोमस मुलरले यो अवार्ड पाउने थिए ।

जर्मनीका गोल रक्षक म्यानुएल नेउरले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स पाए । प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड भने फ्रान्सका पउल पोग्बाले पाए । क्वाटरफाइनलमा ब्राजिलसँग हार्दै घर फर्किएको कोलम्बियाले फेयर प्ले अवार्ड पायो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया