खेल
‘देखाऊ विश्वलाई, तिमी मेसीभन्दा उत्कृष्ट छौ’
- Monday, Jul 14, 2014
- 06:41 AM ( 4 years ago )
- Total Views: 62.4 K
काठमाडौं, असार ३० - जर्मनीका प्रशिक्षक जोचिम लोले विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध गोल गर्ने मारियो गोट्जेलाई आफूले जाऊ र देखाउ विश्वलाई तिमी मेसीभन्दा उत्कृष्ट छौं भनेर मैदान पठाएको जानकारी दिएका छन् ।
गोट्जेले अतिरिक्त समयको खेल सकिन ७ मिनेट बाँकी हुँदा गरेको एक मात्र गोलको मद्दतमा जर्मनीले विश्वकपको उपाधि जितेको थियो ।
लोले अतिरिक्त समयको हाफमा गोट्जेलाई ‘देखाऊ विश्वलाई, तिमी मेसीभन्दा उत्कृष्ट छौ र तिमीले विश्वकपको फैसला गर्न सक्छौ’ भन्दै हौसला बढाएका थिए ।
ब्राजिलको रियो द जेनेरियाको मरकाना स्टेडियममा भएको खेलको ८८ औं मिनेटमा गोट्जे मिरोस्लाभ क्लोजको ठाउँमा मैदान छिरेका थिए । आन्द्रे सर्लेको पास छातीले रोक्दै गोट्जेले प्रहार गरेको भलि सटमा अर्जेण्टिनी गोलकिपर बिट भएका थिए । बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका २२ वर्षको गोट्जेको देशका लागि यो ११ औं गोल हो । आफूले गोट्जेप्रति सधैं सकरात्मक सोचाई राख्ने गरेको जानकारी दिँदै लोले भने ‘गोट्जे जादुगर केटा हुन्, उनीसँग जुनसुकै पोजिसनमा
पनि खेल्न सक्ने क्षमता छ ।’ अतिरक्त समयमा अर्जेन्टिनाका खेलाडी निक्कै थाकेको भन्दै लोले खेलाडीलाई खेल पेनाल्टी सुटआउटमा नलैजान निर्देशन दिएका थिए । आफूहरुको टिमको रुपमा ५५ दिनदेखि सँगै रहेको भएपनि जर्मनीले विश्वकप जित्ने यो योजना १० वर्ष अघि जुर्गेन क्लिन्सम्यानको पालामा नै बनेको लोको भनाई छ ।
ल्याटिन अमेरिकामा विश्वकप उपाधि जित्ने पहिलो युरोपियन टिम बन्न पाएको गर्व लागेको लोले बताए । खेलमा निर्णयक गोल गरेको गोट्जेले आफूले अविश्मरणीय अनुभव गरिरहेको बताए । विश्वकप सामान्य प्रतियोगिता नभएको भन्दै उनले भने ‘यस्तो महत्वपूर्ण प्रतियोगितामा गोल गरेपछि तपाईंले अनुभव नै गर्न सक्नुहुन्न कि के भइरहेको छ ।’
सम्बन्धित सामग्रीहरु
-
छोरीलाई के होला यो भन्दा सुन्दर ‘बा’ को उपहार !
वैशाख ७ – यसपटकको आईपीएल क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् किङ्स इलेभेन पञ्जाबका क्रिस गेल ।
-
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
वैशाख ७ – बर्नलीलाई हराउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने झिनो सम्भावना जिवितै राखेको छ ।
-
उपलब्धिको बेलिबिस्तार लगाउँदै दिल्लीले भन्यो – 'सोमबार सन्दीपलाई खेलाउनुपर्छ'
वैशाख ७ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा खेल्ने सम्भावना बढेको छ । सन्दीपलाई अनुबन्ध गरेकोमा दिल्ली डेयरडेभिल्ससँग खुशी भएका नेपाली क्रिकेट समर्थकहरु यतिबेला उनलाई खेल्न पनि दिन क्लबलाई दबाब दिइरहेका छन् ।
-
ला लिगा : एथ्लेटिको पराजित, बार्सिलोनालाई फाइदा
वैशाख ७ – स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड रियल सोसियडाडसँग ३–० ले पराजित भएको छ ।
-
आईपीएल : क्रिसगेलकाे शतकीय रन, पञ्जावले हैदरावादलाई हरायो
वैशाख ७ – इण्डियन प्रियिमर लिग (आईपीएल)मा किंग्स् एलेभेन पञ्जावले सनराइजर्स हैदराबादलाई हराएको छ ।
-
शान्तिपूर्ण प्रदर्शनलार्इ बञ्चित गरेर सरकार तानाशाही बन्न खाेज्यो : विवेकशील साझा
काठमाडौं, वैशाख ७ – सरकारले शान्तिपूर्ण प्रदर्शनलाई बञ्चित लगाउने गरी निषेधित क्षेत्र घोषणा गरेको भन्दै विवेकशील साझा पार्टीले विरोध जनाएको छ ।
- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
- सुतिरहेकाे अवस्थामा चितुवाको आक्रमण, एक वृद्धा गम्भीर घाइते
- मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु
- छोरीलाई के होला यो भन्दा सुन्दर ‘बा’ को उपहार !
- वेश्यावृत्ति र पार्कमा शारीरिक सम्बन्ध राख्न खोज्ने सहित १८५ जना नेपाली युएईको जेलमा
- १३ घण्टासम्म विमानस्थलमा अलपत्र यात्रु (फोटो फिचर)
- इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
- दीपक मनाङे कारागार चलान, तीन वर्षसम्म जेलमै रहने
- धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु
प्रतिक्रिया दिनुहोस