MENU

खेल

डिएगो कोष्टा चेल्सीमा

असार ३२ – स्पेनिश क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोष्टा इंगलिश क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।

२५ वर्षका कोष्टालाई चेल्सीले ३ करोड २० लाख पाउण्डमा पाँच वर्षे सम्झौतासहित क्लब भित्र्याएको हो । चेल्सीसंगको सम्झौतापछि उनले आफु निकै खुशी भएको भन्दै इंगल्याण्डबाट प्रतिस्पर्धात्मक लिगको शुरुवात हुन लागेकोमा उत्साही भएको प्रतिक्रिया दिएका छन् ।

सन् २०१० देखि एट्लेटिको म्याड्रिडका लागि खेल्न थालेका कोस्टाले टिमका लागि ५२ खेलमा ३६ गोल गरेका छन् । उनी रहँदा एटलेटिको मड्रिडले यसवर्ष स्पेनी ला लिगाको उपाधि जित्यो भने च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो । यसवर्षको विश्वकप फुटवलमा स्पेनको अग्रपंक्तिबाट खेलेका कोष्टाले प्रतियोगितामा कुनै गोल गर्न सकेनन् भने स्पेन पनि पहिलो चरणबाटै बाहिरियो । चेल्सीले कोष्टाअघि स्पेनी क्लब बार्सिलोनाका सेस फाब्रिगासलाई क्लबमा भित्र्याइसकेको छ ।

यस्तै अर्को इंगलिश क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाका विंगर सर्बियाली खेलाडी लाजार मार्कोभिकसंग २ करोड पाउण्डमा सम्झौता गरेको छ ।

यसैबीच जर्मन क्लब बायर्न म्युनिखले राम्रो रकमको प्रस्ताव आए आफ्ना मिडफिल्डर टोनी क्रुस अरु क्लबमा सामेल हुनसक्ने बताएको छ । क्लबका प्रमुख कार्यकारी अधिकृत कार्ल हेईन्ज रुमिनिगले क्लबले निश्चित रकम पाए क्रुसले क्लब छोड्न सक्ने बताएका हुन् ।

क्रुसलाई इंगलिश क्लब म्यानचेष्टर युनाइटेड र चेल्सीले क्लब भित्र्याउने चाहना गरेपनि स्पेनिश क्लब रियल म्याड्रिड र म्युनिखबीच क्रुसको सम्झौताको बारेमा छलफल अघि बढिसकेको फुटबल संबन्धी वेवसाइट गोल डट कमले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया