MENU

अन्तर्वार्ता

Ncell Axiata

मेलम्चीको पानीका लागि सडक खन्दा समस्या

असार सकिएको छ तर असारे विकासले निरन्तरता पाइरहेको छ ।

सडक विभागले बाटो पिच गरेर काठमाडौंका सडक चिल्लो बनाएको महिना दिन बित्न नपाउँदै कहिले खानेपानीको, कहिले ढल त कहिले टेलिकमका तार विच्छ्याउन भन्दै सडक खनेर लथालिङ्गै पारिएको छ ।

के यो असारै विकासले साँच्चीकै विकास होला त ? सबैभरी असार सकिनै लाग्दा किन बिकास गर्ने नामको ओइरो लाग्छ ?

यसै विषयमा उज्यालो अनलाइनका लागि बोमलाल गिरीले सरकारका मुख्य सचिव लिलामणी पौड्यालसँग गरेको कुराकानी :

असार सकिँदा भारी वर्ष बल्ल शुरु भएको छ । यही समयमा सडक पिच गरेर चिल्ला बनाइएको छ । तर ती चिल्ला सडकलाई बीचबीचबाट खनेर खाल्डाखुल्डी बनाउँदा तपाईको मन कत्तिको दुख्छ ?

सरकारकै बसेको आफू नै कर्मचारी भएकाले अरु कस्लाई दोष दिने ? भूमिका हाम्रो पनि हुन्छ । यसरी भर्खरै पिच गरेका सडक भत्काएको चित्त नदुखेर सम्वद्ध पदाधिकारीलाई गतहप्ता मेरै कार्यकक्षमा बोलाएर अन्तर निकाय समन्वयन नगर्नुको कारण के हो ? हामी ६ महिनापछि कस्ले के काम गर्ने हो भन्ने पनि किन थाहा नपाएको हो ?  थाहा छ भने समन्वय किन नभएको भनेर उहाँहरुसँग प्रश्न गरेको थिए । पटक पटक यस्ता कुराहरु दोहोरिरहने, बाहिर सार्वजनिक भइरहने, तपाईहरुले दोहोर्‍याइरहने तर ध्यान नदिने भनेर एक एक गरेर स्पष्टिकरण लिएको थिए । उहाँहरुले केही प्रकृयागत कम्जोरीहरु रहेको बताउनुभयो । त्यसैले अन्तर निकाय समन्वय गर्न लगाएको छ । अहिले ठेक्क लगाएको त गर्नै पर्छ बाध्य भएर । त्यसको अरु विकल्प छैन । अव कम भत्काउने र कम विगार्ने तिर लाग्छैं र नयाँ गर्नेमा अव पूरै समन्वयन गरेर गछौं भनेका छन् ।

त्यो बाध्यता भनेको असार भित्रै बजेट सक्ने त होला नि, हैन ?

त्यो भन्दा पनि फलानो काम गर्नु भनेर कसैलाई ठेक्का दिइसकेको छ । काम नगर भन्ने हो भने कामै हुँदैन । सडक पिच गरिसकेपछि ढल विच्छ्याउन नदिने हो भने खाने पानीकै पाइप बिच्छ्याउन नपाएने भयो । अहिले मेलम्चीको पानी ल्याउनका लागि पाइप विच्छ्याउन लागि सबैभन्दा बढी सडक खन्न लागिएको हो । मेलम्चीको खानेपानी ल्याएर पानी वितरण गर्ने भनेर ठेकेदारलाई विभिन्न ठाउँमा ठेक्का अनुमति दिइयो । यत सडकले आफ्नो हिसावले पिच गर्दै गयो । त्यसैले दुई पक्षबीच समन्यन नहुँदा एउटाले बनाउने अर्कोले भत्काउने काम भइरहेको छ ।

६ महिना पछि कस्ले के काम गर्छ भन्ने कुराको पनि जानकारी नभई समन्वयनको अभाव किन हुन्छ ?

उनीहरुको भनाई अनुसार यो ठेक्काको समयावधि फरक फरक भएर हो । मेलम्ची एउटा छुट्टै एउटा प्रोजेक्ट बन्यो । त्यसको पाइप कहिले बिच्छ्याउने, कहिले खानेपानी आउने कहिले ट्याङ्की आउने, भनेर प्राथमिकता निर्धारण गरेर वितरण प्रणाली बनाउने भनेर उनीहरुले आफ्नो कार्य तालिका बनाएर अघि बढे । यता सडक विभागले पनि आफ्नै तालिका अनुसारको विस्तारको काम अघि बढायो । त्यो कारणले समन्वय भएन भन्ने उनीहरुको भनाई थियो । दुबै ठेक्का लगाइसकेकोमा हामीले नबनाएको ठाउँमा त समन्वय गर्न सकिन्छ । तर काम गरिसकेकोमा त समन्वय गरे पनि भत्काएर पाइप विच्छ्याउनु बाहेक हामीसँग अर्को विकल्प छैन । त्यसैले अव अहिले पिच गरेको ठाउँमा दुई वर्ष नखन्ने गरी योजना बनाएका छौं ।

सरकारले सकेसम्म छिटो मेलम्चीको पानी ल्याउने तयार गरिरहेको छ । त्यसका लागि खानेपानीको पाईप बिच्छ्याइए होला त्यो एकातिर छदैछ । तर असार सकिने बेला सडक पिच चाहिँ किन हुन्छ ?

यो प्रश्नको जवाफ त सडक विभागलाई सोध्नु पर्छ ।

नीतिगत कमजोरी त सरकारका पनि त होलान नि ?

नीतिगत कमजोरी त हुँदै होइन । यो त काम गर्ने र काम लगाउनेको कमजोरी हो । भर्दौ असोज तिर त बजेट गएकै हुन्छ । ठेक्का पट्टा गर्ने, असोज कात्तिक, मंसिर तिर काम लगाउने र समयमा कार्यतालिका दिने र नियमित अनुगमन गर्ने काम नगरेर समयमा काम नगर्ने अनि असारको अन्त्यमा हतार हतार रातारात काम गर्दा वर्षाको बेला गुणस्तर पनि हुँदैन ।

त्यसैले यो काम गर्ने प्रबृति बन्द गर्नुपर्छ । सरकार यो कुरा रियलाइज पनि गर्छ तर । सडक पिच असारमै हुन्छ, ढलको र खाने पानीको पाइप, टेलिकमका तार बिच्छ्याउने काम पनि सडक पिच गरेपछि नै हुन्छ । तर त्यसको उपलब्धी त केही नहुने भो । त्यसका लागि सरकार के गर्दैछ । तपाईले सबै सरकार मै हो भन्ने गरी प्रश्न सोध्नुभयो । सरकारै म होइन ।

सरकारको मुख्य सचिव भएकालेले जिम्मेवार मान्छे त हो नि तपाई ?

जिम्मेवारी त एउटा हुन्छ नि । यस्तो गरेको देखेपछि मैले सम्बन्धित निकायलाई बोलाए । तपाईले किन यस्तो गरेको भनेर प्रश्न सोधे । उनीहरु माथिको आ–आफ्ना निकाय छन् । सरकारको सचिव मन्त्री र प्रधानमन्त्री प्रति उत्तरदायी छन् ।  निर्वाचित भएर आएको सरकार छ । नीति बनाउने, सबै संयन्त्र परिचालन गर्ने निकाय छ ।  त्यो परिचालन गर्ने निकाय म होइन नि । म त सचेत नागरिक र जिम्मेवारीमा बसेको कर्मचारी भएकाले मेरो सिमित भूमिका हुन्छ । त्यो मैले निर्वाह गरेको छु । कुन बेला टेण्डर दिइन्छ, कुन बेला योजना बन्छन् । कस्तो कार्यतालिका हुन्छ भन्ने कुरा त मेरो जानकारीमा आउँदैन नि ।

विभिन्न निकायबीच तालमेल गराउने भनेर तपाईले त ७÷८ महिना अघि नै पहल गर्नु भएको थियो । त्यो पहल चाहिँ कहाँ पुग्यो ?

गरिरहेको थिए । अघिल्लो पटक मलाई खाने पानी संस्थाले त्यस्तो हुँदैन भनेको थियो । तर फेरी दोहोरियो । मैले सहरी विकास मन्त्रालयको सचिलाई बाटोमा थाहा पाएर बाटोबाटै फोन गरेर सोधे, उहाँले हाम्रो त्यस्तो योजना छैन, हामी खन्दैनौं भन्नुभएको छ ।

अहिले त पिच गरेको सडक खन्नुको मुख्य कारक मेलम्चीको खाने पानी भयो । तर हरेक वर्षका असारहरु यस्तै हिलाम्मे हुन्छन् । रातारात काम हुन्छ । यसलाई समाधान गर्ने उपाय के हो ?

असारमा अत्याधिक काम गर्ने प्रबृति राम्रो होइन । सरकारले दुईचारवटा निर्णय पनि गरयो तर त्यसले पनि प्रभाव पार्न सकेन ।

के गर्नुपर्छ त्यसका लागि ?

बैशाख जेठ असारमा २० प्रतिशतभन्दा बढी भुक्तानी नदिने, जेठ महिना लागेपनि कार्यक्रम स्वीकृत नगर्ने जस्ता निर्णय हुन्छन् । तर जसले निर्णय गर्छ ऊ आफ्नो अडानमा टिक्दैन । जसले निर्णय गर्छ उसैले नै बाध्यता भन्दै फुकाउँदै गरेका छन् । यो वर्ष पनि असार महिनामै कार्यक्रमहरु स्वीकृत भए, जुन गर्नुहुँदैनथ्यो । सुधारका लागि हामीले केही प्रयास गरेको हो भएन । त्यसको लागि इमान्दारिता चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस

Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया