खेल
विश्वकप विजेता जर्मनीका कप्तानको सन्यास
- Friday, Jul 18, 2014
- 17:15 PM ( 4 years ago )
- Total Views: 20.6 K
काठमाडौं, साउन २ - विश्वकप फुटबलको उपाधि विजेता जर्मनीका कप्तान फिलिप ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेपनि उनले क्लब फुटबल भने खेल्नेछन् । ल्हामले विश्वकप अघि मात्र बायर्न म्युनिखसँग सन् २०१८ सम्मका लागि अनुबन्ध गरेका थिए ।
जर्मन फुटबल संघले ३० वर्षे ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको पुष्टि गरेको छ । ‘मेरो नेतृत्वमा टोलीले विश्वकप जितेपछि करिअरको अन्त्य गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ ।’ ल्हामलाई उधृत गर्दै जर्मनी फुटबल संघले आफ्नो वेवसाइटमा लेखेको छ ।
संघका अध्यक्ष वल्फग्याङ नेर्सबुचका अनुसार ल्हामले उनलाई शुक्रबार बिहान भेटेर सन्यासको निर्णयबारे सुनाएका थिए । ल्हामलाई सन्यासको निर्णयमा पुनर्विचार गर्न लगाउनुको कुनै औचित्य नभएको र आफूले प्रयास नगरेको नेर्सबुचको भनाई छ । सन् २००४ मा क्रोएशियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका ल्हामले विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध अन्तिम खेल खेले । विश्वका उत्कृष्ट डिफन्डरमा गनिने उनले जर्मनीका लागि १ सय १३ खेलमा ५ गोल गरेका छन् ।
सम्बन्धित सामग्रीहरु
-
आईपीएल क्रिकेट : गेललाई बलिङ गर्न पाउलान् त सन्दीपले ?
वैशाख १० – पाँचमध्ये चार खेलमा हार भन्नुको अर्थ मात्र एक खेलमा जित । जारी आईपीएलमा दिल्ली डेयरडेभिल्सको यो यथार्थकाबीच दिल्लीका समर्थक टिमको प्रदर्शनसँग खुशी छैनन् ।
-
रोमाञ्चक जित हात पार्दै चेन्नई शीर्ष स्थानमा
वैशाख १० – चेन्नई सुपरकिङ्स आईपीएल क्रिकेटमा रोमाञ्चक जीतसहित शीर्ष स्थानमा उक्लिएको छ ।
-
सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
वैशाख १० – इंग्लिस प्रमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले स्वान्सी सिटीलाई पाँच शून्यले हराएको छ ।
-
आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
वैशाख १० – इण्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ ।
-
सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
वैशाख १० – लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् ।
-
मोदीले केही दिनभित्रै जनकपुरको भ्रमण गर्नु हुन्छ : भारतीय राजदूत पुरी
धनुषा, वैशाख १० – नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनभित्रै जनकपुरको भ्रमण गर्ने बताउनु भएको छ ।
- यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
- सेवाग्राहीसँग ५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ
- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : महत्वाकांक्षी योजनाका चाङ
- मैले देखेको दरबार अब अङ्ग्रेजीमा
- किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
- दिनमै २ हजार कमाउन थालेपछि विदेशको मोह हट्यो
- मिस नेपाल भन्छिन् – म राम्री होइन, सबै नारीको प्रतिनिधि पात्र हुँ (भिडियो कुराकानी)
- ढाकाबाट काठमाडौंका लागि दुइटा बस छुटे
- थोत्रा गाडीका चालकले कुटे मयुर यातायातका चालक
प्रतिक्रिया दिनुहोस