खेल
२० औं राष्ट्रमण्डल खेल आजदेखि
- Wednesday, Jul 23, 2014
- 10:57 AM ( 5 years ago )
- Total Views: 3.1 K
साउन ७ – २० औं राष्ट्रमण्डल खेल बुधबार स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन बेलायती समय अनुसार बेलुका ९ बजे बेलायती महारानी एलिजाबेथ द्वितियाले गर्नुहुनेछ ।
अगस्ट ३ तारिखसम्म चल्ने प्रतियोगितामा ७१ देशका ४ हजार ५ सय खेलाडीले ८१ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन समारोह प्रत्यक्ष रुपमा ४० हजार जना र विश्वभर १ अर्ब जनाले टेलिभिजन मार्फत हेर्ने अपेक्षा गरिएको छ । अघिल्लो पल्टको राष्ट्रमण्डल खेल आयोजक भारतले उद्घाटन समारोहमा हुने परेडको नेतृत्व गर्नेछ ।
बिबिसीका अनुसार प्रतियोगिताको सुरक्षाका लागि २ हजार ४ सय सशस्त्र फौज र १७ वटा नीजि सुरक्षा कम्पनीका सुरक्षाकर्मी सहितका सुरक्षा अधिकारी र १५ हजार भन्दा बढी स्वयंसेवक खटाइने छ । स्कटल्याण्डले यसअघि सन् १९७० र १९८६ मा पनि राष्ट्रमण्डल खेल आयोजना गरेको थियो । सन् २०१० मा भारतको दिल्लीमा भएको राष्ट्रमण्डल खेल अव्यवस्थित आयोजनाका कारण आलोचित भएको थियो ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस