MENU

अन्तर्वार्ता

Ncell Axiata
USAID

पिटिएको विषयमा भारतको समर्थन वा विरोध गर्ने दुवै सोच अतिवादी हुन

भारतले प्रस्ताव गरेको विद्युत ब्यापार सम्झौताबारे राजनीतिक वृत्त तातिरहेको छ । एकातिर सम्झौताको प्रस्ताव ठिक भन्ने छन् भने अर्कोतर्फ चर्को विरोध गर्नेहरु पनि छन् ।

यसै सन्दर्भमा नेपालमा जल विद्युत क्षेत्रमा योजनबद्ध विकासका लागि लागिरहेको नेपाल हाइड्रो पावर एशोसीयसनका अध्यक्ष डा मेघबहादुर विश्वकर्मालाई उज्यालो अनलाइनका लागि हिम विष्टले भारतसँगको विद्युत व्यापार सम्झौताको विरोध गर्नु ठिक कि बेठिक भनेर सोध्नुभएको छ ।

भारतले प्रस्तावगरेको ऊर्जा व्यापार सम्झौतको विरोध र समर्थन चलिरहेको छ, आम मानिस अन्यौलमा छन् । विरोध गर्ने ठिक की समर्थन गर्ने चैं ?

म एउटा आम नागरिक हुँ र जलविद्युत सम्बन्धी काम गरेको व्यक्ति पनि हुँ अनी अहिले नेपाल हाईड्रो पावर एशोसिएसनको अध्यक्षको हैसियतमा छु । मेरो दृष्टिकोणमा दुवै ठिक होइन । किनभने हाम्रो जलस्रोत छ र हामीलाई समुन्नतीको लागि प्रयोग गर्नुपर्छ भन्नेमा कसैको दुईमत छैन ।

तर, कसरी प्रयोग गर्ने भन्ने विषयमा धेरैको तर्क बिर्तक हुन सक्छन् । त्यस मध्यकै यी तर्क बितर्क होला । एउटा स्वागत पक्ष केहो भने ऊर्जासम्बन्धी दुईपक्षीय सम्झौता हुनु पर्छ भन्ने भावना अलिकति सक्रिय रुपले आइरहेको छ, त्यो चाँही धेरै सकारात्मक हो किनभने केही समयसम्म त यो एक प्रकारले नहुने अवस्थामा बसेको थियो ।

नेपालले सन् २०१० मा यो पावर ट्रेड एग्रीमेन्ट भनेर प्रस्ताव पठाएको थियो । त्यसमा भारतले अब हुन्छ, भइहाल्छ, हामी हेर्दै छौं भनेर भारतले टालटुल गरेको अवस्था थियो ।

भारतलाई उसको आर्थिक वृद्धिका लागि ठुलो मात्रामा ऊर्जाको आवश्यकता पर्‍यो । त्यो मात्राको ऊर्जा हाम्रो हाइड्रोले पुरा गर्न सक्ने त होइन तर केही अंश भए पनि पुरा गर्न सक्छ र एउटा सहकार्य गर्ने बाटो पनि हुन्छ भन्ने हिसाबले पनि होला सायद भारतले त्यो प्रस्ताव राख्यो ।

मैले यसलाई सकारात्मक रुपमा लिएको छुँ । तर त्यसमा रहेको अन्तरनिहीत कुरालाई हाम्रो हितमा कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हो । सायद यसलाई नाडी निमोठेर यो गर्ने र त्यो गर्ने भन्दा पनि भारतले उसको हितमा हेर्ने उसको कुरा हो । हामीले हाम्रो हितमा हेर्ने हाम्रो कुरा हो ।

हामीले हाम्रो हितमा हेर्दा ऊर्जा ब्यापार सम्झौता गर्दा के कुरामा ध्यान दिनुपर्छ त त्यसो भए ?

नेपालको तर्फबाट  सन् २०१० मा उर्जा सम्झौताका लागि गरेको प्रस्तावमा  पनि नेपालले ‘जनरल’ सम्झौता गरौं भनेको थियो तर भारतबाट अहिले आएको प्रस्ताव पावर ट्रेड भन्दा अलि पर गयो । यसमा दुई अर्थ लाग्ने शब्द प्रयोग गरेर भोलि त्यसैलाई हतियार बनाउने उद्देश्य पनि हुनसक्छ ।

तपाईंले कहाँनिर इंगित गर्न खोज्नुभएको हो ?

मैले आर्टिकल ३ को बी मा नेपालको जलविद्युतको विकास गर्नका लागि, त्यसमा पनि दु्रत विकास गर्नको लागि भारतले शतप्रतिशत अथवा नेपालसँग मिलेर काम गर्ने भन्ने उल्लेख छ । यो हेर्दाखेरी नेपालले एक्लैले गर्न पनि नपाउने र अरु देशकोले पनि गर्न नपाउने होकी भन्ने त्यसले संकेत गर्छ ।

यसमा त्यति स्पष्ट भएन । अर्कोचाही के भयो भने हामीले खोजिरहेको पावर ट्रेड हो तर अहिले सबै नवीकरणीय ऊर्जालगायत सबै स्रोतको पनि सहकार्य गर्ने भन्ने छ । सहकार्य आफैंमा नराम्रो होइन तर पावर ट्रेडको विषयमा यो किन आयो भन्ने तर्क पनि छ ।

यसले हामीलाई ठ्याक्कै समस्या कहाँ पार्छ ?

समग्र नवीकरणीय ऊर्जाको स्रोत भारतले परिचालन गर्ने हो भने त हाम्रो भूमिका कहाँ रह्यो ? हाम्रो हित कहाँ रह्यो ? भन्ने कुरा आयो  । ठिकै छ समग्र ऊर्जाको बारेमा पनि एक किसिमको सहयोग गर्नुपर्छ किनभने भारत हाम्रो अभिन्न मित्र पनि हो । साँस्कृतिकलगायतले पनि हामीसँग समीप छ त्यो किसिमले पनि गर्नुपर्छ ।

तर त्यो दुबैको हितमा गर्नुपर्छ भन्ने हो । जहाँसम्म विद्युतको आदानप्रदानको कुरा छ, नेपालको विद्युत उत्पादन गरेर भारतमा बिक्री गर्ने कुरा छ, अथाव भारतको विद्युत हामीलाई नपुगेमा ल्याउने कुरा छ, त्यसको मूल्यको विषयमा पनि द्विविधापूर्ण कुरा आएको छ । मूल्य बजारले निर्धारण गर्ने भएपनि त्यसको विषयमा प्रष्टता छैन । यसो हेर्दा माया गरेर भनिएको हो कि जस्तो छ, मूल्य त बजारले निर्धारण गर्ने हो नि ।

त्यसो हो भने त विरोध गर्नु सही रैछ नी त ?

विरोध होइन, अब त्यसलाई कसरी प्रतिस्थापन गर्ने भन्ने कुरा हो । तपाईंले चर्को रुपले विरोध गर्दै नाडी निमोठ्नुभयो भने त्यसले समाधान गर्दैन । खैत अहिलेसम्म हामी कँहि पुगेनौ‌ त । बेलाबलामा हामीले राष्ट्रभक्ती देखाएको हो तर त्यो राष्ट्रभक्तीले न हामीलाई ऊर्जा दियो न त्यसलाई निर्यात गरेर जलस्रोतको विकास गरेर आर्थिक समुन्नतीका लागि प्रयोग गर्न सक्यौं । त्यसैले हामीले के सोच्नुपर्‍यो भने ठिक छ भारतले ल अलमल्याउन खोज्यो रे तर अलमलिने र नअलमलिने त हाम्रो हातमा छ नी त ।

त्यसकारण हामी अलमलिने होइन र हामी बुद्धिमान हौं भने हामीले पनि वैकल्पिक प्रस्ताव निकाल्नु पर्छ । यो यो कुरा हामीलाई चित्त बुझ्दो भएन, यो यो कुरालाई हटाउने हो भने हामीलाई मान्य हुनेछ भन्नु पर्छ । आखिर एग्रिमेन्ट भनको त दुबैलाई मिल्ने खालको हो नी । एक जनाले गर्दा मात्रै त सहमति हुँदैन । हामी त सार्वभौम मुलुक हौं ।

हामीलाई आफ्नोबारे निर्णय गर्ने अधिकार छ नी । त्यसैले हामीले आफ्नो छुटै किसिमले विकास गर्ने हो भने विकास गर्न पाउनुपर्छ । मिलेर गर्न पाए मिलेर गर्न पाउनुपर्छ । उत्पादन गरेको बिजुली पनि कुनै सिमाबिना भारतको बजारमा वा अन्य देशको बजारमा बेच्न पाउनुपर्छ । भारतले पनि नेपालमा बेच्न पाउनुपर्छ र  नेपालले पनि भारतमा बेच्न पाउनुपर्छ ।

यसरी स्वतन्त्र किसिमले ऊर्जा ब्यापार गर्न पाउने किसिमले आयो भने दुवैलाई ‘विन विन’ हुने भयो । एउटालाई मात्रै एक छत्र हुने भने हुँदैन । तर हामीले हस्ताक्षर गेरेको दस्तावेज  होइन प्रस्ताव मात्रै हो । हामीले पठाएको प्रस्ताव अर्के थियो होला हाम्रो प्रस्तावमा अरु केही होला । फेरि हाम्रो काउन्टर प्रस्तावमा के हुन्छ ? यसरी छलफलमा बसेपछि निर्क्यौल निकाल्ने हो र निकाश निस्केन भने हस्ताक्षर नगर्ने हो । हस्ताक्षर नगर्ने अधिकार पनि त छ हामीलाई । खाए खा नखाए घिच भन्ने त होइन होला नी ।

सकारात्मक सोच्दा त मिलेर गर्ने राम्रो हो तर यो प्रस्ताव दुईअर्थी शब्द भएको र पहिलेका हाम्रा तीता अनुभवले गर्दाखेरी सकारात्मकै भएपनि नकारात्मक सोंच्ने कता कता बाध्यता छ । तर यसलाई एकदमै नकारात्मक नसोचेर अवशरको रुपमा बुझेर हाम्रो के के हो त ? हामीलाई फाँदा हुने विषय के के हुन् ? र कुन हदसम्म सम्झौता गर्ने हामीले ध्यान दिनुपर्छ ।

भारको ध्यान ऊर्जा मात्रै नभएर जलस्रोतमा पनि छ भन्ने छ, यस विषयमा पनि विवाद हुन सक्छ, यसलाई चैं कसरी हेर्न सक्नुहुन्छ ?

भारतले आफ्नो हितका लागि धेरै कुरा हेर्छ । उसले ऊर्जा मात्रै हेरेको भए सायद धेरै कुरा भइसक्थ्यो । भारतले त्यससम्बन्धि चासो राख्नु स्वाभाविक हो । हामीले आपसी सहमति गर्नै पर्छ । हामीले हाम्रा कुरा राखेर अघि बढ्नुपर्छ ।

कतै न कतै यो प्रस्तावमाथि तपाईंहरु पनि सशंकित हुनुहुन्छ, त्यसो भए हामीले गर्नुपर्ने तयारी चैं के के हुन ?

हाम्रो प्राकृतिक स्रोत र साधनको उपयोग कसरी गर्ने भन्ने कुरा हाम्रो हो । त्यो कुरालाई यो सम्झौताले छायाँमा पार्नु हुँदैन । यो कुरा हाम्रो हातमा हुनुपर्छ । हामीले भारतलाई बेच्दा वा भारतले हामीलाई विद्युत बेच्दा के मोडालिटीमा गर्ने हो त्यो पनि क्लियर हुनुपर्छ । यसको भाषमा केही स्पष्टता छैन । हामीले तेस्रो देशलाई विद्युत बेच्दा वा भारतलाई बेच्दा पनि भारतको भूमिका के हुने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । समग्र ऊर्जाको कुरा गर्दा एक देशले अर्को देशमाथि नियन्त्रण गर्ने कुरा हुनु हुँदैन ।

त्यसका लागि कसैले कसैलाई नियन्त्रण गर्ने भन्ने कुरा हुँदैन । बजारले निर्धारण गरेको मूल्य अनुसार हामीले उत्पादन गर्ने हो । भोलि भारतले किनेन भने बंगलादेश वा चीनले किन्ला भन्ने पनि होला । प्रतिस्पर्धा भयो भने हामीलाई फाइदा हुने हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया