MENU

अन्तर्वार्ता

Ncell Axiata
USAID

यसकारण बन्दैन माघ ८ मा संविधान : गोकर्ण विष्ट

माघ ८ गतेभित्र संविधान जारी गर्ने दलहरुको प्रतिबद्धता र कार्यतालिका छ । तर अघिल्लो संविधानसभामा जुन जुन विषयमा दलहरुबीच कुरा नमिलेर संविधान जारी हुन सकेन, ती जटिलता अहिले पनि जस्ताको त्यस्तै छन् । माघ ८ आउन अव झण्डै ५ महिना बाँकी छ । छोटो समय बाँकी रहेकाले यसपटक पनि संविधान नबन्ने हो कि भन्ने आशंका बाँकी नै छन् ।

त्यसैले अहिलेसम्म संविधान लेखनमा भएका उपलब्धि के के हुन् ? बाँकी समयमा संविधान बन्ने आधार कत्तिको बलियो हुँदैन ? यसै सदन्भर्दमा उज्यालो अनलाइनका लागि बोमलाल गिरीले जटिलताको गाँठो फुकाउने मुख्य जिम्मेवारी पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सदस्य तथा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग कुराकानी गर्नुभएको छ ।

अघिल्लो संविधानसभासँग तुलना गर्दा अहिलेको संविधानसभा काहाँँ छ ?

विघटित संविधानसभाका निष्कर्षहरुलाई यो संविधानसभाले स्वामित्व ग्रहण गरेको छ । संविधानसभाको ‘फूल हाउस’ले सहमति गरेका विषयलाई यो संविधानसभाले पनि असहमती कायम गरेको छ । र जे विषयमा विवाद थियो ती विवादका विषयहरु संविधानसभाको निर्क्यौल समितिले सहमति र असहमति दुई भागमा विभाजन गरेको छ । सहमति भएका विषयलाई मस्यौदाका लागि पठाइएको छ ।

जुन विषयमा असहमति थिए, संवैधानिक समितिले सभामा पेश गर्न नसकेका, विवाद समाधान उपसमितिले संवैधानिक समितिमा पेश गर्न नसकेका र विवाद समाधान उपसमितिले गठन गरेको कार्यदलले पनि केही विषयमा सहमति गरेको तर प्रक्रियामा जान नसकेका विषयलाई विवाद समाधान उपसमितिमा पठाउने काम भएको छ ।

मस्यौदा समिति भित्र पनि थुप्रै उपसमिति बनेको छ र सहमति भएका विषयलाई ड्राफ्ट गर्दैछ । संवाद समितिले मतदान गर्ने अधिकार राख्दैन । सहमति गर्ने र सहमति नभएका विषयलाई सभामा पठाउने हो । अहिलेसम्म ३२ वटा बैठक बसे । गृहकार्य राम्रैसँग भएको छ । विवाद समाधान उपसमिति पनि गठन भएको छ । त्यहाँ केही सहमती भएका छन् । मुख्य विवादहरु संघीयता, सासकयीक स्वरुप, निर्वाचन प्राणाली जस्ता विषयमा उच्च तहमा छलफल गर्दा सहयोगी होला भनेर उच्च राजनीतिक नेतृत्वलाई जिम्मा दिइएको छ ।

वार्ता उपसमिति गठन भएर संविधानसभा चुनावमा सहभागी नभएका र संविधानसभा बाहिर रहेका दलहरुसँग वार्ता पनि गरेको छ । केहीसँग सहमति पनि भइरहेको छ । यसरी एकातिर वार्ता समिति र अर्को तिर विवाद समाधान उपसमिति, साथसाथै उच्च स्तरीय समिति र संवाद समिति पनि सक्रिय छ । यसरी हेर्दा तीब्र गतिमा काम भइरहेको छ ।

तपाईंले समितिको सक्रियताका बारेमा बेलिबिस्तार लगाउनुभयो । तर अब बाँकी समयमा जटिलताको गाँठो फुकाउने जिम्मेवारी तपाईंकै समितिको हो । ३२ वटा बैठक बसे । अहिलेसम्म अघिल्लो संविधानसभामा मिल्न नसकेको कुन चाँही विषय मिलाउनुभयो ?

सबै आ–आफ्नै अडानमा रहने अरुका कुरा नमान्ने, अरुको मनोविज्ञान नबुझ्ने र सबैले आफ्ना कुरा मात्र पारित गर्न खोज्ने हो भने तोकिएको समयमा संविधान नबन्ने खतरा छ । आशंका धेरै छन् त्यो आशंका हटाउन चार पाँच वर्षको अवधिमा धेरैले धेरै महशुस गरेका छौं । के ठिक थिए के थिएनन् भनेर सबैले समीक्षा गने व्यवहारिक धरातल पनि देखिएको छ । सबैका अडानलाई सबैले समीक्षा गर्ने र अर्को पार्टीका बिचमा कस्तो मनोवैज्ञानिक भिन्नता छ भनेर अध्ययन गरेर अघि बढ्ने हो भने आशा गर्न सकिन्छ । र त्यसको सकारात्मक संकेत पनि देखिएको छ ।

जहाँसम्म तपाईंले प्रश्न उठाउनुभएको छ, अघिल्लो संविधानसभामा १८ वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य सैनिक तालिम दिने कि नदिने भन्ने विवाद थियो, त्यसलाई समाधान गरिएको छ । बाँकी जटिल विषयहरु त बाँकी नै छन् ।

समितिले विवाद मिलायो भने मात्र बाँकी समयमा संविधान बन्छ कि भन्ने आशा गर्न सकिन्छ । अहिलेसम्म गरेको काम हेर्दा तपाई आफैं चाँही कत्तिको आशावादी हुनुहुन्छ ?

संविधान जारी गर्नु पर्छ भन्नेमा धेरै नेता बोल्नु हुन्छ । तर समितिमा जुन खालको लम्बा प्रक्रिया देखा परेको छ, मेरो विचारमा हामीले छलफल प्रक्रियालाई अलि फरक तरिकाले लैजान सकेनौं वा उच्च तहबाट दृढताका साथ टुङ्ग्याउन सकेनौं भने बाँकी समयमा संविधान नबन्ने स्थिती उत्पन्न हुन सक्छ र जनतामा निराशा पैदा हुन सक्छ । यही विधिबाट जाने हो भने संविधान बन्ने छाँटकाँट छैन । व्यक्तिगत हिसाबले भन्ने हो भने बन्दैन कि भन्ने आशंका छ मेरो मनमा ।

के कराणले तपाईंको मनमा यस्तो आशंका उत्पन्न हुँदैछ ?

हामी भित्रका अविश्वास, हरेक पार्टीका फरक फरक अडान, मधेसका मुद्दा साथीले मात्र, जनजातिका मुद्दा जनजातिले मात्र, महिलाका मुद्दा माहिलाले मात्र उठाउनु पर्ने, कुन निर्वाचन प्रणालीले आफ्नो पार्टीको भविष्य सुरक्षित गराउन सकिन्छ भन्ने मनोविज्ञानले समस्या पैदा गर्छ ।

हुनत यसअघि पनि पटक पटक कार्यतालिका संशोधन गरिएकै हो । तर  अहिलेसम्म तपाईंहरुले बनाएको कार्यतालिका नमिचिएकाले संविधान बन्छ कि भन्ने आश मरिसकेको छैन । तर पनि तपाईंलाई आशंका छ । त्यो आशंका हटाउनका लागि अहिलेको संविधान लेखनको गति कसरी अघि बढाउनुपर्छ ?

कार्यतालिका मिचिएको छैन, यो सत्य हो । तर कार्यतालिकाभन्दा अहिले हामी धेरै भित्र हुनु पर्ने थियो । किनकी मुख्य विवाद आउन बाँकी नै छ । अहिले त हामी सानातिना विषयमै छलफलमा छौं । २४, घण्टा, ४८ घण्टा, ७२ घण्टा वा १०० घण्टा नेताहरु क्लोज क्याम्पमा बसेर छलफल गर्नु पर्छ, सहमति खोज्नु पर्छ त्यसो गर्दा माघ ८ कुर्नु पर्दैन । तर सार्थक परिणाम निकाल्नका लागि हाम्रो कार्यशैली परिवर्तन गर्नुपर्छ ।

त्यस्तो नहोस, तर यदि संविधान बन्दैन भने त्यो समय अभावका कारण बन्दैन वा दलहरुको प्रबृत्ति र नियकका कारणले ?

मलाई समय अभाव हुन्छ जस्तो लाग्दैन । समय पर्याप्त छ । यी मुद्दाहरुमा हामीले धेरै वर्षदेखि छलफल गरिरहेका छौं । सकारात्मक नकारात्मक पक्षमा छलफल गरेका छौं, अनुभव बटुलेका छौं । तर हाम्रो कार्यशैली, मनोविज्ञान, विस्वास अविस्वास र पराम्परागत रुढीवादी मान्यताहरुका कारण संविधान नबन्ने मुख्य कारण हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फ्रान्स राष्ट्रपतीय चुनावः पहिलो चरणमा म्याकरोन र पेन अघि

    वैशाख ११ – फ्रान्सको राष्ट्रपतिय चुनावको पहिलो चरणमा मध्यपन्थी इम्यानुएल म्याकरोन चुनावमा अगाडि रहेको देखाएको छ । यस्तै पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोंलाई पछाडि पार्दै नेशनल फ्रन्टकी मारिन ल पेन दोश्रो स्थानमा रहेको बिबिसीले जनाएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया