MENU

खेल

ujyaalo forign call inside

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं, असोज १६– दक्षिण कोरियाको इन्चोनमा भैरहेको एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । बिमला तामाङले महिला कराँतेको एकल काँतामा कास्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएकी हुन् ।

काँस्यपदकका लागि भएको खेलमा बिमलाले उत्तर कोरियाकी काङ जुईलाई पराजित गरेकी हुन् । क्वाटरफाइनलमा पाकिस्तानकी खेलाडीलाई पराजित गर्दै उनी सेमिफाइनल पुगेकी थिइन् । तर उनी सेमिफाइनलमा भियतनामकी खेलाडी नाम गुयोनसँग पराजित भएपछि उनले कास्य पदकका लागि भिडेकी थिइन् ।

यस्तै पदकको आशा गरिएको तेक्वान्दोमा भने नेपालले आज पनि खराब प्रदर्शन गरेको छ । तेक्वान्डोको महिला तर्फको ६२ केजी तौल समूहमा मनिता शाहि र ६७ केजी तौल समूहमा आयषा शाक्य अन्तिम १६ बाट नै बाहिरीएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया