MENU

जनसरोकार

ujyaalo forign call inside

६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित)

काठमाडौं, मंसिर १६ - (अपडेट) सरकारले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ । मंगलवार बसेको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्र निर्धारण तथा सिफारिस समितिको सिफारिस अनुसार नगरपालिका थप गरिएको उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । एक वर्षअघि सरकारले ७२ वटा नगरपालिका थप गरेको थियो । मंगलबारको निर्णयसँगै देशभर नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ ।

समितिले सिफारिस गरेपनि बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाईएको छैन । यस्तै लतिलपुरको बज्रबाराहीसहित तनहुँको भिमाद र भानु, वर्दियाको बबई र स्याङजाको गल्याङलाई नगरपालिका घोषणा गरिको छैन । यी ठाउँका बारेमा थप अध्ययन गरेर निर्णय गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

हेटौडासहित जनकपुर, इटहरी, बुटबल, भरतपुर, नेपालगञ्जर धरान गरी सात नगरपालिकालाई उपमहानगरपालिका उपमहानगरपालिका बनाइएको छ  ।

समितिले काठमाडौंमा नौ, ललितपुर र भक्तपुरमा चारचार गरी १७ नयाँ नगरपालिका घोषणाका लागि सिफारिस गरेकोमा उपत्यकामा १६ वटा नगरपालिका थपिएका छन् ।

काठमाडौंमा जोरपाटी केन्द्र हुने गरी गोकर्णेश्वर, फर्पिङ केन्द्र हुनेगरी दक्षिणकाली, धर्मस्थली केन्द्र हुने गरी तारकेश्वर, पुखलाछी केन्द्र हुनेगरी शंकरापुर, बलम्बु केन्द्र हुने गरी चन्द्रागिरी, डाँछी केन्द्र हुनेगरी कागेश्वरी मनोहरा, ग्रिनल्यान्ड केन्द्र हुने गरी टोखा, सीतापाइला केन्द्र हुने गरी नागार्जुन र महांकाल केन्द्र हुने गरी बूढानीलकण्ठ नगरपालिका बनाइएको छ ।

ललितपुरमा छ्यासीकोट केन्द्र हुने गरी कार्यविनायक, टौखेल केन्द्र हुने गरी गोदावरी, इमाडोल केन्द्र हुनेगरी महालक्ष्मी नगरपालिका घोषणा गरिएको छ ।

यसैगरी भक्तपुरमा गाम्चा केन्द्र हुने गरी अनन्तलिंगेश्वर, सिपाडोल केन्द्र हुने गरी सूर्यविनायक, चाँगुनारायणटार केन्द्र हुनेगरी चाँगुनारायण र नगरकोट केन्द्र हुने गरी महामञ्जुश्री नगरकोट नगरपालिका घोषणा गर्न सिफारिस गरिएको छ । दुईभन्दा बढी गाविस मिसाएर नगरपालिका बनाइएको हो ।

थप भएका नगरपालिकाको सूची

काठमाडौं – गोकडौंश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रागिरी, कागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ

भक्तपुर – अनन्तलिंगेश्वर, सूर्य विनायक, चाँगुनारायण, महामञ्जुश्री, नगरकोट

ललितपुर – कार्यविनायक, गोदावरी, महालक्ष्मी

इलाम – देउमाई
झापा – शिव सताक्षी
मोरङ – लेटाङ भोगटेनी
सुनसरी – रामधुनी भाषी
धनकुटा – पाख्रिबास
भोजपुर – खडानन्द
संखुवासभा – मादी

सप्तरी – सप्तकोशी
सिराहा – गोलबजार
सोलुखुम्बु – दूधकुण्ड
बाजुरा – बढिमालिका
डडेलधुरा – परशुराम
महोत्तरी – बर्दिबास

रोल्पा – लिवाङ
कञ्चनपुर – घोडाघोडी, दोधारा-चाँदनी र झलारी-पिपलाडी
धनुषा –  गणेशमान चारनाथ, मिथिला र सबैला
बर्दिया – सानोश्री, राराताल र बाँसगढी
दोलखा – जिरी
बैतडी– पाटन
कैलाली - भजनी-त्रिशक्ति
रामेछाप – मन्थली र रामेछाप

सिन्धुली – दुधौली
बारा – महागढीमाई, सिम्रौनगढ र कोल्हवी
रौतहट – गरुडा
पर्सा – पोखरीया
चितवन – माडी र नारायणी

काभ्रे – काशीखण्ड
सिन्धुपाल्चोक – मेलम्ची
लम्जुङ – सुन्दर बजार
कपिलवस्तु – बाणगंगा र बुद्धबाटीका
सुर्खेत – भेरी गंगा
रुकुम – मुसीकोट
दाङ – लमही र त्रिपुर

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया