MENU

अर्थ

ujyaalo forign call inside

घरमै बसेर गहना छान्न पाउने सुविधा सहितको एप्स सार्बजनिक

काठमाडौं, पुस १५ - ग्राहकलाई गहना छान्न पसलमै पुग्नुपर्ने अबस्थालाई सहज बनाउन आइटी कम्पनी विधि प्रालीले नेपालमा पहिलो पटक गहनाबारे तस्बिरसहित सम्पूर्ण जानकारी गराउने मोवाइल एप ‘गहना बजार’ सार्बजनिक गरेको छ । घरमै बसिबसि काठमाडौंका प्रतिष्ठित गहना पसलका सुन तथा हिराका गहना छान्न पाउने सुविधा यस एपले मोवाइलमै उपलब्ध गराउने छ । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध ‘गहना बजार’ मा उपभोक्ताले गहनाका विभिन्न डिजाइनका तस्बिर हेर्दै छान्न सक्नेछन । आइओएस प्लेटफर्ममा यसै हप्ता उपलब्ध हुनेछ ।

गहना बजार एप प्ले स्टोरमा उपलब्ध भएको एक सातामै ९ हजार पटक डाउनलोड भइसकेको छ । यस एपमा आफ्नो क्षमता अनुसारका मूल्यका औंठी, नेकलेस, इयररिङ, पेन्डेन्ट, जन्तर, तिलहरी, टप, बेंगल, मंगलसूत्र, सिक्रीलगायतका गहना खोज्न सकिने कम्पनीले जनाएको छ । खोजेपछि त्यसलाई आफ्नो फेबरेट बनाएर सेभ गरेर राख्न सकिन्छ । फूर्सदमा बजार गएर त्यही डिजाइनको गहना किन्न सकिन्छ ।

कम्पनीका अनुसार सामान्य ग्राहकलाई पसलेले कति तौलको गहना दिएको छ भन्ने जानकारी हुँदैन । पसलेले जति तौल भन्यो, त्यतिमै विश्वास गर्नुपर्ने अबस्था छ । गहना बजार एपले ग्राहकले किन्ने गहनाको वास्तविक तौल, जर्ती र बनाउने ज्याला छुट्याएर हिसाव गर्ने तरिकासमेत सिकाउँछ । त्यसले गर्दा उपभोक्ता ठगिनबाट जोगिने कम्पनीको दावी छ ।

एप्समा दैनिक सुनको मूल्य आफंै अपडेट हुन्छ । ग्राहकले पसलेको भर पर्नु पर्दैन । त्यस्तै पसलको विश्वसनियताबारे एपबाटै बुझ्न सकिन्छ । दुई पसलका गहनाबीच तुलना गरेर गहना छान्न सकिन्छ । यस्तो सुविधा मोवाइलमा मात्र हैन, गहना बजारको वेवसाइटमा समेत उपलब्ध छ ।

‘ब्यस्त ब्यक्तिहरुलाई घरमै बसेर गहना छान्न सजिलो होस् भनेर यस्तो एप्प विकास गरेका हौं, विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा भन्नुहुन्छ, ‘यसलाई अन्तराष्ट्रिय बजारमा समेत विस्तार गर्ने योजना छ । यस एपले किनमेलको शैली परिवर्तन गर्ने छ । ग्राहक पसलमा गएर गहनाका डिजाइन छानेर बस्न सक्दैन । त्यस्तो बेला उसले मोवाइलमै सबै प्रकारका डिजाइन हेरेर पाइने पसलमा किन्न सक्छ । पसलमा गहना छान्न जानेहरुले गहना बजार एप आफ्नो मोवाइलमा डाउनलोड गरेको देखाए गहना बनाउने ज्यालामा १५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट पाउने ब्यवस्था मिलाएका छौं ।’

घरमै बसेर गहना छान्न पाउने सुविधा सहितको एप्स सार्बजनिक

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया