MENU

राजनीति

ujyaalo forign call inside

बन्दका कारण मध्य तथा सुदुरपश्चिमको जनजीवन प्रभावित

विद्यार्थी हत्याको विरोधमा अनेरास्ववियुले आहृवान गरेको बन्दका कारण मध्य र सुदूरपश्चिमको जनजीवन कष्टकर बनेको छ । मध्य र सुदूरपश्चिमका जिल्लाहरुमा बिहानैदेखि गाडी चलेका छैनन् । बजार, शिक्षणसंस्था र उद्योग कलकारखाना पनि बन्द छन् ।

 

विद्यार्थी बिष्णुबिक्रम शाहीको हत्याको विरोधमा अनेरास्ववियुले एक हप्तादेखि आन्दोलन गर्दै आएको छ । गएको भदौ १२ गते बाँकेको कारकाँदोमा नचिनेका मान्छेको समूहको आक्रमणबाट विद्यार्थी शाहीको ज्यान गएको थियो । हत्यामा संलग्नलाई खोजी गरी तत्काल कार्वाही गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको आन्दोलनप्रति अरु विद्यार्थी र शिक्षक संघसंगठनहरुले पनि र्समर्थन जनाएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया