MENU

खेल

Ncell Axiata
sagun

माइ लभ विराटलाई भेट्न अनुष्का सिड्नी पुगिन्

चैत ११ – बलिउड अभिनेत्री अनुष्का शर्मा क्रिकेटर प्रेमी भारतका उपकप्तान विराट कोहलीलाई भेट्न अष्ट्रेलियाको सिड्नी पुगेकी छन् । भारतले बिहीबार विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अष्ट्रेलियासँग खेल्दैछ ।

अनुष्का विराटलाई सेमिफाइनलको खेलमा हौसला प्रदान गर्न सिड्नी पुगेकी हुन् ।  विराटले अनुष्कालाई केही दिन अघि माइ लभ भनेर सम्बोधन गरेका थिए । विराटले अनुष्काले निर्माण तथा अभिनय गरेको चलचित्र एनएच १० हेरेपछि सामाजिक सञ्जाल ट्वीटरमा अनुष्काको अभिनयको प्रशंसा गर्दै उनलाई माइ लभ भनेर सम्बोधन गरेका हुन् ।

विराट र अनुष्काले आफ्नो सम्बन्धबारे यसअघि त्यति खुलस्त नपारेको भएपनि पछिल्लो समय दुवैले सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका छन् । भारतीय किक्रेट कन्ट्रोल बोर्डले खेलाडीलाई आफ्ना नजिकका व्यक्तिलाईसँगै राख्न छुट दिएपछि अनुष्का सिड्नी गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विराट र अनुष्काले सोमबार सिड्नीमा रहेको एउटा भारतीय रेष्टुरेन्टमासँगै खाना खाएका थिए । भारतीय टिमका रविचन्द्रन आश्विन र उमेश यादवका श्रीमती अनुष्कापछि सिड्नी पुगेका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया