MENU

खेल

Ncell Axiata
chhaka panja

अष्ट्रेलियाले जितेका सबै ७ सेमिफाइनल

काठमाडौं, चैत १२ – यसअघि विश्वकप क्रिकेट प्रतियोगिताको कुनै पनि सेमिफाइनलमा पराजित नभएको कीर्तिमानलाई अष्ट्रेलियाले एघारौं सस्करणको विश्वकमा समेत निरन्तरता दिएको छ ।

विश्वकप क्रिकेटको इतिहासमा अहिलेसम्म खेलका सबै ७ वटा सेमिफाइनलमा अपराजित अष्ट्रेलियाले सातौ पटक भारतलाई शिकार बनायो । विश्वकपको सातौं पटक सेमिफाइनल खेल घरेलु मैदानमा खेलेको अष्ट्रेलियाले भारतलाई ९५ रन अन्तरले पाखा लगायो । अष्ट्रेलियाले यसअघि जितेका सेमिफाईनल खेल :

सन् १९७५ : इंग्ल्याण्ड ४ विकेटले पराजित

अष्ट्रेलिया सन् १९७५ मा भएको पहिलो विश्वकपकै फाईनलमा प्रवेश गरेको थियो । योे सस्करणको सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ४ विकेटले हराएको थियो । इंग्ल्याण्डको घरेलु मैदानमा भएको सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाएको ९४ रनको विजय लक्ष्य २८ दशमलब ४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । 

सन् १९८७ : पाकिस्तान १८ रनले पराजित

सन् १९८७ मा भारत र पाकिस्तानमा भएको चौथो सस्करणको विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियाले आयोजक पाकिस्तानलाई हरायो । सोही सस्करणमा पहिलोपटक विश्वकपको ट्रफी उचालेको अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई १८ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरी २ सय ६७ रन बनाएको अष्ट्रेलियाले पाकिस्तानलाई २ सय ४९ रनमा अल आउट गरेको थियो । 

सन् १९९६ : वेष्ट इण्डिज ५ रनले पराजित

सन १९९६ मा भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको छैंटौ विश्वकपमा अष्ट्रेलियाको शिकार बन्यो वेष्ट इण्डिज । भारतको पंजावमा भएको निकै रोमाञ्चक खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई ५ रनले हरायो । तर  फाइनलमा भने श्रीलंकासँग पराजित हुँदै अष्ट्रेलिया उपविजेता बन्यो ।

सन् १९९९ : दक्षिण अफ्रिकामाथि जित 

सन् १९९९ को विश्वकप इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड, आयरल्याण्ड र नेदरल्याण्डले संयुक्त रुपमा आयोजना गरे । लगातार दोश्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्‍यो । इंग्ल्याण्डको बर्मिङघममा भएको खेलमा दक्षिण अफ्रिकासँग खेल टाई भएपनि लिग चरणको प्रदर्शनको आधारमा अष्ट्रेलियाले फाईनलको यात्रा तय गरेको थियो । 

सन् २००३ फेरि पनि श्रीलंका शिकार

 सन् २००३ को आठौं विश्वकप दक्षिण अफ्रिका जिम्बाबे र केन्यामा संयुक्त रुपमा आयोजना भयो । लगातार तेश्रो पटक विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्‍यो । दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथमा भएको खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो । 

सन् २००७  दक्षिण अफ्रिका पराजित

सन् २००७ को नवौ विश्वकप वेस्ट इण्डिजमा आयोजना भयो । यो विश्वकपमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित ग¥यो । विश्वकप क्रिकेटमा लगातार चौथो पटक फाइनल प्रवेश गर्ने क्रममा अष्ट्रेलियाले  दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गर्‍यो । वेष्ट इण्डिजको सेन्ट लुसियामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ५० रनको लक्ष्य अष्ट्रेलियाले  ३१ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको थियो । 

सन् २०१५ भारत पराजित

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना भईरहेको जारी विश्वकपमा घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनलमा भारतलाई हरायो । अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा भारतलाई ९५ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौं पटक विश्वकपको फाईनलमा प्रवेश गर्न सफल भएको हो । अष्ट्रेलियाले दिएको ३ सय २९ रनको लक्ष्य पछ्याएको भारत मात्र २ सय ३३ रनमा अल आउट भो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया