MENU

खेल

Ncell Axiata
USAID

धोनीले अहिले नै सन्यास नलिने

काठमाडौं, चैत १२ – भारतीय टिमका कप्तान महेन्द्र सिंह धोनीले आफूले अहिले नै सन्यास नलिने बताएका छन् । बिहीबार अष्ट्रेलियासँग भएको विश्वकप क्रिकेटको सेमिफाइनलमा ९५ रनले पराजित भएपछि बोल्दै भारतीय कप्तान धोनीले आफूले अहिले नै सन्यास नलिने बताएका हुन् ।

धोनीले वान डे र ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलिरहने र अहिले सन्यास नलिने बताएका हुन् । बिहीबारको खेलका बारेमा बोल्दै धोनीले भने ‘आजको खेलमा अष्ट्रेलियाले धेरै राम्रो खेल्यो । हाम्रा लागि शिखर धवन ४५ रनमा आउट हुनु निराशाजनक बन्यो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया