MENU

खेल

Ncell Axiata
USAID

विश्वकप क्रिकेटको फाइनलका लागि अम्पायरको घोषणा

काठमाडौं, चैत १३  – आउँदो आइतबार हुने विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा लागि आइसिसीले अम्पायरको घोषणा गरेको छ । शुक्रबार घोषणा गरेको अम्पायरको प्यानलमा फिल्ड अम्पायरमा श्रीलंकाका कुमार धर्मसेना र इंग्ल्याण्डका रिर्चाड केटलवर्ग रहेका छन् ।

केटलवर्ग गएको वर्ष उत्कृष्ट अम्पायर घोषित भएका थिए भने धर्मसेना सन् २०१२ का उत्कृष्ट अम्पायर हुन् । यस्तै आइसिसीले फाइनल खेलका लागि निर्णायकको प्यानलमा म्याच रेफ्री रञ्जन मडुगाले, थर्ड अम्पायरमा मरिस इरासम्स र फोर्थ अम्पायरमा इयान गोल्डलाई चयन गरेको छ । फाइनल खेल अष्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया