MENU

खेल

Ncell Axiata
USAID

अष्ट्रेलियाका कप्तान क्लार्कले वान डेबाट सन्यास लिने

काठमाडौं, चैत १४ – अष्ट्रेलियाका कप्तान माइकल क्लार्कले जारी विश्वकपको फाइनल खेलपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् । क्लार्कले विश्वकपको फाइनल खेल हुनु एक दिनअघि शनिबार एकदिवसीय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन् ।

लामो समयदेखि पिठ्यूमा चोटको समस्या झेल्दै आएका क्लार्कले भनेका छन ‘ वान डे क्रिकेट बाट बिदा लिने उपयुक्त समय भएको छ यही समयको प्रतिक्षा गरिरहेको थिएँ ।’ १२ वर्षको एक दिवसीय करियरमा ३३ वर्षका क्लार्कले २ सय ४४ एक दिवसीय क्रिकेट खेलिसकेका छन् ।

उनले एक दिवसीयमा ४४ दशमलव ४२ को औसतमा ७ हजार ९ सय सात रन बनाएका छन् । त्यसैगरी १ सय ८ टेष्ट खेलेका क्लार्कले ५० दशमलव ७९ को औसतमा ८ हजार ४ सय ३२ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया