MENU

खेल

Ncell Axiata
USAID

विराटले थामे अनुष्काको हात

चैत १४ – भारतीय क्रिकेट टिमका उपकप्तान विराट कोहली र उनकी प्रेमिका बलिउड अभिनेत्री अनुष्का शर्मा अष्ट्रेलियाबाट मुम्बइ फर्किएका छन् । मुम्बइ एयरपोर्टबाट बाहिर निस्कने बेलामा विराटले अनुष्काको हात समातेर उनलाई भिडबाट आफ्नो गन्तव्य तर्फ लगेका थिए ।

उनीहरु शुक्रबार राति अष्ट्रेलियाबाट मुम्बइ फर्किएका हुन् । विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको सेमिफाइनमा अष्ट्रेलियासँग ९५ रनले पराजित भएपछि भारतीय टिम घर फर्किएको हो । अभिनेत्री अनुष्का शर्मा सेमिफाइनलमा प्रेमि विराट तथा भारतीय टिमको हौसला बढाउनका लागि सिड्नी पुगेकी थिइन् ।

तर सेमिफाइनलमा विराटले एक रन मात्रै बनाएपछि सामाजिक सञ्जालमा अनुष्कालाई दोषी भन्दै विरोध गरीएको थियो । भारतको हारबाट आक्रोशित बनेका भारतीय क्रिकेट समर्थकले विराटको कमजोर प्रदर्शनमा अनुष्का जिम्मेवार रहेको भन्दै उनको आलोचना गरेका थिए ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया