MENU

खेल

Ncell Axiata
sagun

​अजहर अली पाकिस्तानको नयाँ कप्तान

काठमाडौं, चैत १५ - अजहर अली पाकिस्तानी क्रिकेट टिमको कप्तान हुने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड पिसिबीका अध्यक्ष शहरयार खानले अलीलाई एक दिवसीय क्रिकेट टिमको कप्तान बनाउने निर्णय गरेका हुन् । अली कप्तान भएका घोषणा भने सोमबारसम्ममा हुने छ । 

पाकिस्तान विश्वकपको क्वाटर फाइनलबाटै घर फर्किएपछि कप्तान मिसवाह उल हकले सन्यासको घोषणा गरेका थिए । कप्तान उल हकले सन्यास घोषणा गरेपछि पिसिबी नयाँ कप्तानको खोजीमा छ । उल हक र प्रशिक्षक वकार युनिसको सिफारिसमा खानले अलीलाई कप्तान बनाउने निर्णय गरेका हुन् । अध्यक्ष खानले कप्तान बनाउने निर्णय गरेका अली जारी विश्वपकमा पाकिस्तानी टिममा थिएनन् र उनले पछिल्लो २ वर्षदेखि एक दिवसीय क्रिकेट पनि खेलेका छैनन् । उनले सन् २०१३ मा भारतविरुद्ध अन्तिम एक दिवसीय खेलेका थिए । ३० वर्षका अलीले जम्मा १४ वटा मात्र एक दिवसीय क्रिकेट खेलेका छन् । ३९ टेष्ट खेलेका उनी पहिलो श्रेणीको र घरेलु क्रिकेटको भने अनुभवी खेलाडी हुन् । 

तर पनि अली अकस्मात कप्तानको रुपमा पाकिस्तानी टिममा आउन लागेका होइनन् । यसअघि सन् २०१० मा अल पाकिस्तानको संभावित कप्तानको प्रतिस्पर्धामा थिए । तर अनुभवी भएको भन्दै त्यतिबेला पिसिबीलाई उल हकलाई कप्तान बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया