MENU

खेल

Ncell Axiata
sagun

अष्ट्रेलियालाई पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि

काठमाडौं, चैत १५ - (अपडेट) विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि अष्ट्रेलियाले जितेको छ । पाँचौ पटक विश्वकप जित्ने क्रममा अष्ट्रेलियाले आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हरायो । अष्ट्रेलियाले यसअघि सन् १९८७, ​१९९९, २००३ र २००७ मा विश्वकप जितेको थियो । जितका लागि पाएको १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।अष्ट्रेलियाका लागि अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेका कप्तान माइकल क्लार्क ७४ रनमा आउट भए भने डेबिड वार्नरले ४५ रन बनाए । ओपन आरोन फिञ्च खाता नै नखोली आउट भएका थिए । 

यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली न्युजिल्याण्ड ४५ ओभरमा मात्र १ सय ८३ रनमा अल आउट भयो ।  अष्ट्रेलियन तिब्र गतिका बलर सामु निरिह देखिएका न्युजिल्याण्डका मध्यक्रमका ब्याट्सम्यानले केहि राम्रो प्रर्दशन गरेपनि सुरुवाती र पुछारका ब्याट्सम्यान चल्न सकेनन । ३९ रनमा तेश्रो विकेट गुमाएको न्युजिल्याण्डलाई चौथो विकेटका लागि रोज टेलर र ग्रान्ट इलियटले १ सय ११ रनको साझेदारी गरेपनि अन्य कुनै ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन । ८२ बल खेलेका इलियटले ८३ र रोज टेलरले ४० रन बनाए । न्युजिल्याण्डका ५ जना ब्याट्सम्यानले खाता सम्म खोल्न भ्याएनन ।  न्युजिल्याण्डलाई सस्तैमा समेट्नका लागि जेम्स फङकलर र मिचेल जोन्सनले समान ३, मिचेल स्टार्चले २ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए । न्युजिल्याण्डले अन्तिम २३ रन जोड्नका लागि ७ विकेट गुमाएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया