MENU

खेल

Ncell Axiata
sagun

विश्वकप क्रिकेट २०१५ : सुपर–फ्लप खेलाडी

काठमाडौं, चैत १५ – एघारौं सस्करणको विश्वकप क्रिकेटमा धेरै नयाँ कीर्तिमान रचिए । कैयौं पुराना कीर्तिमान यही विश्वकपमा तोडिए । धेरै नयाँ खेलाडी यही विश्वकपबाट चम्किए पनि । यो विश्वकपमा केही यस्ता खेलाडी जसबाट धेरै अपेक्षा गरिएको थियो । तर उनीहरुले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन् । अपेक्षाकृत प्रर्दशन गर्न नसकेका खेलाडी को को थिए त ?

१.शहिद अफ्रिदी (पाकिस्तान)

उत्कृष्ट प्रर्दशनको आशा गरिएका खेलाडी थिए पाकिस्तानी अलराउण्डर शहिद अफ्रिदी । ब्याटिङबाट क्रिकेट करियर सुरु गरेका अफ्रिदिको ब्याट र बल दुवै चल्ने अनुमान गरिएको थियो । तर अफ्रिदीको अष्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न विश्वकपमा ब्याट र बल दुवै चल्न सकेन । क्वाटरफाइनलसम्मको यात्रा तय गरेको पाकिस्तानका लागि अफ्रिदीले ६ खेलमा प्रति खेलमा २३ दशमलव २ को औसतमा १ सय १६ रनमात्र बनाए भने ७ खेलमा मात्र २ विकेट लिन सके । विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएसँगै अफ्रिदीले वान डे क्रिकेटबाट पनि सन्यास लिएका छन् ।

२.क्विन्टन डि कक (दक्षिण अफ्रिका)

विश्वकपमा निकै आशा गरिएका तर चल्न नसकेका खेलाडी हुन दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान क्विन्टन डि कक । विश्वकप अघि निकै फर्ममा रहेका युवा खेलाडी कक विश्वकमा भने बढी रन बनाउने खेलाडीको सूचिमा ६४ स्थानमा रहे । एक खेलमा मात्र अर्धसतक प्रहार गरेका ककले ७ खेलमा प्रतिखेल २० दशमलव ७१ को औसतमा १ सय ४५ रन मात्र बनाउन सके ।

३.माहेला जयवर्द्धने (श्रीलंका)

विश्कपमा उच्च प्रर्दशनको आशा गरिएका अर्का खेलाडी थिए श्रीलंकाका पूर्वकप्तान माहेला जयवर्द्धने । यसअघिका विश्वकपमा उत्कृष्ट ब्याटिङ गर्दै आएका जयवर्द्धनेले यसपटक भने खासै प्रभाव छोड्न सकेनन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको क्वाटरफाइनल खेलपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिएका जयवर्द्धनेले यस विश्वकपमा ५ इनिङमा २५ को औसतले १ सय २५ रन मात्र बनाउन सके ।

४.इयान मोर्गन (इंग्ल्याण्ड)

इंग्ल्याण्डका कप्तान इयान मोर्गनबाट विश्वकप क्रिकेटमा निकै आशा गरिएको थियो । तर सबैको आशा विपरित मोर्गन आफ्नो व्यक्तिगत प्रर्दशनमा मात्र असफल भएनन् उनले नेतृत्व गरेको इंग्ल्याण्ड पहिलो चरणबाटै बाहिरियो । इंग्ल्याण्डका लागि निकै मजबुत ब्याटिङ प्रर्दशन गर्दै आएका मोर्गनले यस विश्वकपमा सयको आकडा समेत पार गर्न सकेनन । ५ खेल खेलेका मोर्गनले १८ को औसतमा मात्र ९० रन बनाए ।

५.सकिव अल हसन (बंगलादेश)

बंगलदेशका सकिव अल हसन विश्व क्रिकेटमा उत्कृष्ट अलराउण्डरका रुपमा परिचित छन् । जसकारण विश्वकपमा सकिबको प्रर्दशन उत्कृष्ट रहनेमा सबै क्रिकेटप्रेमी ढुक्क थिए । तर यस विश्वकपमा सकिबको प्रर्दशन खासै राम्रो रहेन । सकिवले ६ खेलमा ३९ दशमलव २ को औसतमा १ सय ९६ रन बनाए भने औसत ३७ दशमलव २५ रन खर्चेर ८ विकेट मात्र लिन सके ।

६.विराट कोहली (भारत)

भारतीय ब्याट्सम्यान विराट कोहली भन्ने वित्तिकै सबै क्रिकेट प्रेमीको ध्यान उनीतिरै जान्छ । वान डे क्रिकेटमा एकपछि अर्को कीर्तिमान बनाउँदै आएका कोहलीले यस विश्वकपमा पनि आफ्नोब्याटबाट जादु देखाउने अनुमान गरिएको थियो । विश्वकपमा विराटले ५० को औसतमा ३ सय ५ रन त बनाए तर पाकिस्तान विरुद्ध एक सय ७ रन बनाउन बाहेक उनले अन्य ७ खेलमा ५० को आँकडा छुन सकेनन् ।

७.डेल स्टेन (दक्षिण अफ्रिका)

डेल स्टेन विश्वकै तीव्र गतिका बलरमध्ये पर्दछन् । एकदिवसीय होस वा टेष्ट दुवैमा सफल मानिएका स्टेन यस विश्वकपमा भने फिका देखिए । सबैले स्टेनको तीव्र तथा स्विङ बलिङले विश्वकपमा हरेक ब्याट्सम्यानलाई समस्यामा पार्ने अनुमान लगाएका थिए । तर स्टेनले यसपटक भने अपेक्षाकृत बलिङ गर्न सकेनन् । यस विश्वकपमा स्टेनले ११ विकेट मात्र लिन सफल भए ।

८.रविन्द्र जडेजा (भारत)

उत्कृष्ट अलराउण्डरको छवी बनाएका रविन्द्र जडेजा यस विश्वकपमा भने बल र ब्याट दुवैमा चल्न सकेनन् । भारतीय टोलको अहम हिस्सा रहदै आएका जडेजाले विश्वकमा ब्याटिङमा त चल्न सकेनन नै बलिङमा समेत निकै महङ्गो सावित भए । खेलेका ८ खेल मध्ये ५ खेलमा ब्याटिङ गरेका जडेजाले प्रति खेल १६ को औसतमा ५७ रन बनाए भने औसतमा ४० रन खर्चेर मात्र ९ विकेट लिन सफल भए ।

९.हेमल्टन मासाकाजा (जिम्बाबे)

जिम्बाबेका हेमल्टन मासाकाजा अलराउण्डरका रुपमा चिनिन्छन् । जिम्बाबेका लागि १ सय ५० वान डे खेलिसकेका मासाकाजले पहिलो विश्वकप खेलिरहँदा उत्कृष्ट प्रर्दशन गर्ने आशा गरिएको थियो । तर मासाकाजाले विश्वकपमा ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रर्दशन गर्न सकेनन् । यस विश्वकपमा उनको ब्याटबाट २१ को औसतमा १ सय २२ रन र बलिङबाट मात्र १ विकेट उनको नाममा रह्यो ।

१०.जेम्स एण्डरसन (इंग्ल्याण्ड)

इंग्ल्याण्डका जेम्स एण्डरसन विश्वका जुनसुकै ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाउने क्षमता भएका बलर हुन् । त्यसैले उनको बलिङले इंग्ल्याण्डलाई विश्वकपमा निकै माथि लैजाने अनुमान गरिएको थियो । तर यस विश्वकपमा भने एण्डरसनको बलिङले ब्याट्सम्यानलाई खासै समस्यामा पारेन । लिग चरणबाटै बाहिरिएको इंग्ल्याण्डका सदस्य एण्डरसनले ६ खेलमा ४९ को औसतमा मात्र ५ विकेट लिए ।

११. स्टुवार्ड बोर्ड (इंग्ल्याण्ड)

इंग्ल्याण्डका स्टुवार्ड बोर्डलाई पनि क्षमता भएका तिब्र गतिका बलरका रुपमा हेरिन्छ । विश्वकपमा उनको प्रर्दशन राम्रो रहने सबैको अनुमान थियो । तर विश्वकपमा उनको बलिङले इंग्ल्याण्डलाई लिग चरणभन्दा माथि लैजान सकेन । लिग चरणका ६ खेलमा बोर्डले ६२ दशमलब ५ को औसतमा मात्र ४ विकेट लिन सफल भए ।

१२.डारेन सामी (वेष्ट इण्डिज)

क्यारेवियन टोलीका मुख्य सदस्य डारेन सामी वन डे क्रिकेटमा उत्कृष्ट अलराउण्डर मानिन्छन् । उनको त्यहि क्षमताले विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको थियो । क्वाटरफाइनलसम्मको यात्रा तय गरेको वेष्ट इण्डिजका लागि सामीले खासै ठूलो योगदान गर्न सकेनन् । सामीले ब्याटिङ तर्फ ३५ दशमलब ४ को औसतमा १ सय ७७ रन तथा बलिङ तर्फ मात्र एक विकेट लिन सके ।

१३. ड्वेन स्मिथ (वेष्ट इण्डिज)

क्यारेवियन टोलीका ओपनर ड्वेन स्मिथले पनि यस विश्वकपमा राम्रो प्रर्दशन गर्न सकेनन् । विस्फोटक सुरुवात र मध्यक्रममा इकोनमिक बलिङ गर्ने स्मिथले विश्वकमा भने दुवै गर्न सकेनन । यस विश्वकपमा ६ खेल खेलेका स्मिथले १५ दशमलब ५ को औसतमा मात्र ९३ रन बनाए भने प्रतियोगिता भर मात्र एक विकेट लिए ।

१४. लासिथ मालिंगा (श्रीलंका)

लासिथ मालिंगा यसअघिका विश्वकपमा आफ्नो धारिलो बलिङले चर्चामा आउने गरेका खेलाडी हुन् । विश्वकप क्रिकेटमा दुईपटक ह्याट्रिक विकेट लिएका मालिङगाको बलले यस पटकको विश्वकपमा भने अपेक्षाकृत रुपमा ब्याट्सम्यानलाई समस्यामा पार्न सकेन । ७ खेलमा २९ दशमलव ५ को औसतमा मालिंगाले १२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया