MENU

खेल

Ncell Axiata
chhaka panja

​अन्तिम खेलमा अष्ट्रेलियाली कप्तान क्लार्कको उत्कृष्ट प्रदर्शन

काठमाडौं, चैत १५ - अष्ट्रेलियाली कप्तान माइकल क्लार्कले आफ्नो खेल जीवनमो अन्तिम एक दिवसीय क्रिकेटमा गतिलो प्रदर्शन गरेका छन् । विश्वकपको फाइनलपछि सन्यासको घोषणा गरेका क्लार्कले अष्ट्रेलियालाई विश्वकप जिताउन फाइनलमा ७४ रन बनाएका थिए । उनी म्याट हेनरीको बलमा बोल्ड भए । ८४ मिनेट ब्याटिङ गरेका क्लार्कले  ७२ बलमा १ छक्का र १० चौका हानेका थिए । यस्तै क्लार्कले न्युजिल्याण्डका लुके रोन्चीको क्याच पनि लिएका थिए ।  उनले सन् २०१५ को विश्वकपमा ६ खेलमा ३६ दशमलव ५० को औसतमा कुल २ सय १९ रन बनाए । यो विश्वकपपछि अब एक दिवसीय क्रिकेट नखेल्ने क्लार्कले २ सय ५५ एक दिवसीय खेलमा ७ हजार ९ सय ८१ रन बनाएका छन् । एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेको क्लार्कले टेष्ट क्रिकेट भने खेल्ने छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया