MENU

खेल

Ncell Axiata
USAID

विश्वकप क्रिकेट २०१५ : कसले कति पैसा पाए ?

काठमाडौं, चैत १५ - विश्वकप क्रिकेटसमाप्त भएको छ । झण्डै डेढ महिना लामो समय चलेको विश्वकपको उपाधि पाँचौ पटक अष्ट्रेलियाले जित्यो । विश्वकपमा यसपटक अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले कुल १ करोड २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार वितरण गरेको छ । जुन अघिल्लो विश्वकपको भन्दा २० प्रतिशतले बढि हो । यस विश्वकपमा कुन टोलीले कति रकम प्राप्त गरे त हेरौं । 

अष्ट्रेलिया : ४१ लाख ७७ हजार डलर

विश्वकपको उपाधि जितेसँगै अष्ट्रेलियाले कुल ४१ लाख ७७ हजार डलर प्राप्त गरेको छ । उपाधि जितेकोमा ३९ लाख ७५ हजार अमेरिकी डलरसहित अष्ट्रेलियाले समूह चरणमा चार खेल जितेकोमा प्रति जित ४५ हजार अमेरिकी डलर पायो । यस्तै १ खेलमा बरावरी खेलेको अष्ट्रेलियाले बराबरीका २२ हजार ५ सय डलर पायो । जित र बराबरीबाट मात्र उसले २ लाख २ हजार पाँच सय डलर पाएको हो । 

न्युजिल्याण्ड : २० लाख ७५ हजार डलर

उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्डले कुल २० लाख ७५ हजार डलर प्राप्त गरेको छ ।  उपविजेता भए बापत  १७ लाख ७५ हजार र समूह चरणमा जितेका ६ खेलको प्रतिखेल ४५ हजार डलरका दरले २ लाख ७० हजार डलरसहित न्युजिल्याण्डले कुल २० लाख ७५ हजार डलर प्राप्त गरेको हो । 

भारत : ८ लाख ९० हजार डलर

गत संस्करणको विजेता भारत यस पटक सेमिफाइनलबाट बाहिरिएको छ । सेमिफाइनलसम्म पुगेको भारतले यसपटक कुल ८ लाख ९० हजार डलर पुरस्कार प्राप्त गरेको छ । सेमिफाइनलमा बाहिरिएको टोलीले पाउने ६ लाख डलर र समूह चरणमा जितेका ६ खेलको प्रति खेल ४५ हजार डललरका दरले २ लाख ७० हजार डलर भारतले प्राप्त गरेको हो । 

दक्षिण अफ्रिका : ७ लाख ८० हजार डलर

सेमिफाइनलबाट घर फर्किएको दक्षिण अफ्रिकाले कुल ७ लाख ८० हजार डलर प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ६ लाख र समूह चरणमा जित हात पारेका ४ खेलका लागि ४५ हजारका दरले १ लाख ९० हजार डलल पुरस्कार स्वरुप प्राप्त गरेको हो ।

श्रीलंका : ४ लाख ९० हजार डलर

विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाले कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । श्रीलंकाले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर र समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो । 

पाकिस्तान : ४ लाख ९० हजार डलर

विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको पाकिस्तानले पनि कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । पास्तिानले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।  

बंगलादेश : ४ लाख ५७ हजार ५ सय डलर

पहिलो पटक विश्वकपको क्वाटरफाइनल खेलेको बंगलादेश क्वाटरफाइनल भन्दा माथि जान सकेन । क्वाटरफाइनलबाट बाहिरिएको बंगलादेशले कुल ४ लाख ५७ हजार ५ सय डलर प्राप्त गरेको छ ।  बंगलादेशले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार र बराबरी खेलेको एक खेल बापत २२ हजार ५ सय  डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।  

वेश्ट इण्डिज :  ४ लाख ३५ हजार डलर

क्वाटरफाइनल सम्म खेलेको वेश्ट इण्डिजले कुल ४ लाख ३५ हजार डलर प्राप्त गरेको छ । वेश्ट इण्डिजले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ३५ हजार डलर प्राप्त गरेको हो ।  

आयरल्याण्ड : १ लाख ७० हजार डलर

समूह चरणमा रन रेटका आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको आयरल्याण्डले कुल १ लाख ७० हजार डलर प्राप्त गरेको छ । आयरल्याण्ड समूह चरणमा जित हात पारेका ३ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो । 

इंग्ल्याण्ड  : १ लाख २५ हजार डलर

समूह चरणबाट बाहिरिने उच्च बरियताको टोली इंग्ल्याण्डले यस विश्वकपमा कुल १ लाख २५ हजार डलर प्राप्त गरेको छ । इंग्ल्याण्डले समूह चरणमा जित हात पारेका २ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।

जिम्बाबे : ८० हजार डलर

समूह चरबाटै बाहिरिएको दोश्रो टेष्ट राष्ट्र जिम्बावेले कुल ८० हजार डलर प्राप्त गरेको छ । जिम्बावेले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।

अफगानिस्तान : ८० हजार डलर

पहिलो पटक विश्वकप खेल्दै पहिलो चरणबाट बाहिरिएको एसियाली राष्ट्र अफगानिस्तानले कुल ८० हजार डलर प्राप्त गरेको छ । आफगानिस्तानले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।

युएई : ३५ हजार डलर

समूह चरणका सवै खेल हार्ने मध्येको एक राष्ट्र युएईले कुल ३५ हजार डलर प्राप्त गरेको छ । युएईले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।

स्कटल्याण्ड : ३५ हजार डलर

समूह चरणबाट बाहिरिने दोश्रो टोली स्कटल्याण्डले कुल ३५ हजार डलर प्राप्त गरेको छ । स्कटल्याण्डले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया