MENU

खेल

Ncell Axiata
chhaka panja

१८३ रन बनाउँदा भारतले विश्वकप जित्यो, न्युजिल्याण्डले जितेन

काठमाडौं, चैत १५ - न्युजिल्याण्डलाई हराउँदै विश्वकप क्रिकेटको उपाधि पाँचौ पटक जितेको अष्ट्रेलियाले सन् १९९९ मा विश्वकपको फाइनलको इतिहास दोहोर्‍याएको छ । यो पटक छिमेकी देश न्युजिल्याण्डलाई ७ विकेटले हराएको अष्ट्रेलियाले १६ वर्षअघि पनि फाइनलमा पाकिस्तानलाई यस्तै फराकिलो अन्तरले हराएको थियो । सन् १९९९ मा इंग्ल्याण्ड्सको लड्समा भएको फाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३९ ओभरमा मात्र १ सय ३२ रनमा अल आउट गरेको थियो । यो विश्वकपको फाइनलमा कुनै पनि टिमले बनाएको न्युन स्कोर थियो । त्यतिबेला पाकिस्तानका इजाज अहमदले सबैभन्दा धेरै २२ रन बनाएका थिए । पाकिस्तानलाई अल आउट गर्ने क्रममा स्पिनर सेन वार्नले ४ विकेट लिएका थिए ।

१ सय ३३ रनको लक्ष्य अष्ट्रेलियाले २० दशमलव १ ओभरमा २ विकेट गुमाएर भेट्टायो र सन् १९८७ मा पहिलो पल्ट विश्वकप जितेको अष्ट्रेलियाले दोश्रो पटक कप उचाल्यो । यो पटक पाँचौ पटक विश्वकप जित्ने क्रममा अष्ट्रेलियाले आफ्नो घरेलु मैदानमा न्युजिल्याण्डलाई ४५ ओभरमा १ सय ८३ रनमा अल आउट गर्‍यो र १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

१८३ रन बनाउँदा भारतले विश्वकप जित्यो न्युजिल्याण्डले जितेन

विश्वकप क्रिकेटको इतिहास हेर्ने हो भने विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिला ब्याटिङ गरी १ सय ८३ रन बनाउँदा पनि आश्चर्यजनक नजिता निकाल्दै उपाधि जितेको थियो । यो विश्वकपको फाइनलमा पहिला ब्याटिङ गर्ने कुनै टिमले बनाएको दोश्रो कम स्कोर हो र योसँग एघारौं विश्वकपको फाइनलमा अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डले पनि दोश्रो कम स्कोर अर्थात १ सय ८३ रन नै बनाएको थियो ।  सन् १९८३ मा लर्डसमा भएको फाइनलमा भारतले वेष्ट इण्डिजविरुद्ध ५४ दशमलव ४ ओभरमा (त्यतिबेला एक दिवसीय क्रिकेट ६० ओभरको हुन्थ्यो) सबै १० विकेट गुमाएर १ सय ८३ रन मात्र बनाएको थियो । 

तर १ सय ८४ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई ५२ ओभरमा १ सय ४० रनमा अल आउट गर्दै ४३ रनको जितसहित भारतले पहिलो पल्ट विश्वकप जितेको थियो । वेष्ट इण्डिजलाई अल आउट गर्ने क्रममा मोहिन्दर अमरनाथ र मदन लालले समान ३ विकेट लिएका थिए ।  ३२ वर्षअघि १ सय ८३ रन बनाउने टिमले विश्वकप जितेपनि यो विश्वकपमा त्यो इतिहास दोहोरिएन । न्युजिल्याण्डले दिएको १ सय ८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३ दशमलव १ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया