MENU

खेल

Ncell Axiata
USAID

विश्वकप क्रिकेट २०१५ : ब्याटिङका सुपरस्टार

काठमाडौं, चैत १५ - अष्ट्रेलियाले उपाधि जितसँधै विश्वकप क्रिकेट २०१५ सकिएको छ । यो विश्वकपमा केहि नाम चलेका र आशा गरिएका खेलाडी फ्लप भए भने केहि खेलाडी नयाँ स्टार बनेर उदाय । यो विश्वकपमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका १० ब्याट्सम्यान :

१. मार्टिन गुप्टिल, न्युजिल्याण्ड

न्युजिल्याण्डका मार्टिन गुप्टिल एघारौं विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बने । आफ्नो टोलीलाई विश्वकपको उपाधि जिताउन नसकेपनि गुप्टिल विश्वकपको इतिहासमा एकै खेलमा सबैभन्दा धैरै रन बनाउने खेलाडी समेत बने । वेश्ट इण्डिजविरुद्धको खेलमा अविजित २ सय ३७ रन बनाएका गुप्टिलले विश्वकपमा खेलेका ९ खेलमा ६८ दशमलव ३७ को औसतमा कुल ५ सय ४७ रन बनाए । गुप्टिलले यस विश्वकपमा दोहोरोशतक सहित २ शतक र एक अर्धशतक प्रहार गरे । गुप्टिलले यो  विश्वकपमा सर्वाधिक ५९ चौका प्रहार गरे । 

२.कुमार सांगाकारा, श्रीलंका

विश्वकपमा एकमाथि अर्को कीर्तिमान बनाएका श्रीलंकाका कुमार सांगाकारा यस विश्वकपमा सर्वाधिक रन हान्ने खेलाडीको सूचिमा दोश्रो स्थानमा रहे । ७ खेलमा ४ शतक प्रहार गरेका सांगाकाराले १ सय ८ को औसतमा ५ सय ४१ रन बनाए । उनले विश्वकप तथा एकदिवसीय क्रिकेटमा लगातार चार शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनी विश्वकपमा सर्वाधिक आउट गर्ने विकेट किपर समेत भए । सर्वाधिक चौका हान्ने खेलाडीको सूचिमा ५७ चौकाका साथ दोश्रो स्थानमा रहेका सांगाकाराले यसै विश्वकपबाट सन्यास समेत लिएका छन् । 

३.एबी डिभिलियर्स, दक्षिण अफ्रिका

विश्वकपमा कीर्तिमानको ओइरो लागाउने अर्का खेलाडी हुन दक्षिण अफ्रिकाका एबि डिभिलियर्स । एघारौं विश्वकपमा निकै विस्फोटक ब्याटिङ गरेका डिभिलियर्स सफल ब्याट्सम्यानको सूचिमा तेश्रो स्थानमा रहे । सर्वाधिक छिटो एक सय ५० रन बनाउने कीर्तिमान यसै विश्वकपमा बनाएका डिभिलियर्सले ८ खेलमा ९६ को औसतले ४ सय ९२ रन बनाए । १ सय ४४ को स्ट्राईक रेटमा ब्याटिङ गरेका डिभिलियर्सले एक शतक र ३ अर्धशतक प्रहार गरे । उनी सर्वाधिक छक्का हान्ने खेलाडीको सूचिमा २१ छक्काका साथ दोश्रो स्थानमा रहे । 

४.ब्रेण्डम टेलर,जिम्बाबे

आफ्नो टोली पहिलो चरणबाटै बाहिरिएपनि जिम्बाबेका कप्तान ब्रेण्डम टेलर भने यस विश्वकपको सफल ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा आए । भारतविरुद्ध समूह चरणको अन्तिम खेलमा जिम्बाबेका लागि अन्तिम खेल खेलेका टेलरले प्रतियोगितामा २ शतक र एक अर्धशतक प्रहार गरे । उनले खेलेका ६ खेलमा ७२ को औसतमा कुल ४ सय ३३ रन बनाए । १ सय ६ को स्ट्राईक रेटमा ब्याटिङ गरेका टेलर सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचिमासमेत सातौ स्थानमा रहे । 

५.शिखर धवन, भारत

भारतीय ब्याट्सम्यानहरुले विश्वकपमा खासै राम्रो प्रर्दशन नगर्दा सफल ब्याट्सम्यानको सूचिमा भारतका एकमात्र ब्याट्सम्यान शिखर धवन पाँचौ नम्बरमा रहे । प्रतियोगितामा २ शतक र १ अर्धशतक प्रहार गरेका धवनले ८ इनिङमा ५१ दशमलव ५ को औसतमा कुल ४ सय १२ रन बनाए । सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको सूचिमा ४८ चौकाका साथ तेश्रो नम्बरमा रहेका धवन यस विश्वकपमा ४ सय रन कटाउने एकमात्र भारतीय ब्याट्सम्यान हुन ।

६. स्टेफेन स्मिथ, अष्ट्रेलिया

पछिल्लो समय निकै फर्ममा देखिएका स्टेफेन स्थिमले अष्ट्रेलियालाई उपाधि जिताउन विजयी रन बनाए । प्रतियोगिताको ७ खेलमा मात्र ब्याटिङ गरेका स्मिथले ६६ दशमलव १६ को औसतमा ३ सय ९७ रन बनाए । मध्यक्रममा निकै मजबुत ब्याटिङ गरेका स्थिम विश्वकप इतिहासमा लगातार ४ अर्धशतक बनाउने पहिले खेलाडी बने । उनले यस विश्वकपमा १ शतक र ४ अर्धशतकसमेत प्रहार गरे । 

७.तिलकरत्ने दिल्सन, श्रीलंका

श्रीलंकालाई क्वाटरफाइनलसम्म पुर्‍याउन महत्वपुर्ण भुमिका खेलेका तिलकरत्ने दिल्सान पनि यस विश्वकपमा सफल ब्याट्सम्यानको सूचिमा छन् । यस विश्वकपमा ७ खेल खेलेका दिल्सानले ६५ दशमलव ८३ को औसतमा ३ सय ९५ रन बनाए । प्रतियोगितामा २ शतक र एक अर्धशतक प्रहार गरेका दिल्सान सर्वाधिक चौका हान्ने खेलाडीको सूचिमा ४८ चौकासहित चौथो स्थानमा रहे । यस विश्वकपमा उनले बंगलादेशविरुद्ध नट आउट १ सय ६१ रन हानेका थिए । 

८. फाप डु प्लेसिस, दक्षिण अफ्रिका

एघारौ विश्वकपमा सफल ब्याट्सम्यानको सूचिमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिस आठौं नम्बरमा रहे । निकै संयमित भएर खेल्ने उनले यस विश्वकपमा ७ खेलमा ६३ दशमलव ३३ को औसतमा  ३ सय ८० रन बनाए । प्रतियोगितामा १ शतक र ३ अर्धशतक प्रहार गरेका उनी यस विश्वकपमा दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूचिमा दोश्रो स्थानमा रहे । 

९. महमदुल्लाह, बंगलादेश

बंगलादेशलाई क्वाटरफाइनलमा पुर्‍याउन महत्वपुर्ण योगदान गरेका महमदुल्लाह यस विश्वकपमा सफल ब्याट्सम्यानको सूचिमा नवौं स्थानमा रहे । ६ खेलमा ७३ को औसतमा ३ सय ६५ रन बनाएका महमदुल्लाह विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने बंगलादेशको पहिलो र एकमात्र खेलाडी हुन् । उनले यो विश्वकपमा २ शतक र एक अर्धशतक प्रहार गरे । 

१०.मिसवाह उल हक, पाकिस्तान

पाकिस्तानलाई क्वाटरफाइनलसम्म पुर्‍याउन सफल पाकिस्तानी कप्तान मिसवाह उल हक पनि यस विश्वकपमा सफल ब्याट्सम्यानको सूचिमा रहन सफल भए । यस विश्वकपमा उनले सात इनिङमा ५० को औसतमा ३ सय ५० रन बनाए । यस विश्वकपमा सर्वाधिक ५० रन प्रहार गर्ने खेलाडीको सूचिमा उल हक ४ अर्धशतकसहित न्युजिल्याण्डका ब्रेण्डम म्याकुलम, जिम्बाबेका सेन विलियम्स र अष्ट्रेलियाका स्टेफेन स्मिथसँगै संयुक्त रुपमा पहिलो स्थानमा रहे । यो विश्वकपसँगै उनले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा समेत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया